back
CTIZAN AD

सोलिडारिटी कपका बिजेता खेलाडीलाई सरकारद्धारा सम्मान

वि.सं.२०७३ मंसिर २ बिहीवार

1.1K 

shares

kheladi२ मंसीर, काठमाडौं । । मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फाइनलमा बिजयी खेलाडीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान गर्नुभएको छ ।
बिहीबार दिउँसो प्रधानमन्त्री निवासको सचिवालयमा खेलकूदमन्त्री दलजित श्रीपाइलीको उपस्थितिमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्रीले देशको गौरव बढाएकोमा खेलाडीहरुलाई बधाई दिनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘२१ वर्षयता फुटबलको क्षेत्रमा नेपालले ठूला पदक जित्न सकेको थिएन । तर, पछिल्लो १ वर्षमै नेपालले ठूला ३ पदक जितेको छ, नेपालको विजयी सुरुवात भइसकेको छ । यो जितले नेपालको गौरव बढाएको छ, नेपालीहरुको मनोबल उच्च भएको छ, युवाहरुमा आत्मविश्वास बढेको छ, त्यसका लागि सम्पूर्ण बिजेता टिमलाई म हृदयदेखि नै बधाइ दिन चाहन्छु ।’
खेलाडीहरुको प्रोत्साहनका लागि सरकारले प्रतिखेलाडी तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको स्मरण गराउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘तपाईहरुको सम्मान र मनोबलका लागि सरकारले प्रतिखेलाडी तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ । भूकम्पबाट क्षतिग्रस्त रंगशाला पूनर्निर्माणको काम अघि बढिसकेको छ, छिटै रंगशाला पूनर्निर्माण हुन्छ । अब त्यो रंगशाला पनि सानो भइसकेको छ, बृहत रंगशाला निर्माणका लागि सरकारले छिटै काम अगाडि बढाउनेछ ।’
सम्मान कार्यक्रममा एन्फाका कार्यबाहक अध्यक्ष मणि कुंवरले भूकम्पबाट क्षतिग्रस्त पूनर्निर्माण र खेलाडीहरुको प्रोत्साहन एवं सम्मानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।

वि.सं.२०७३ मंसिर २ बिहीवार ११:५४ मा प्रकाशित

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्ट्स अवार्ड...

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो तथा लोकप्रिय स.बल ज्ञान कार्निभलको...

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...