back

सोलिडारिटी कपका बिजेता खेलाडीलाई सरकारद्धारा सम्मान

वि.सं.२०७३ मंसिर २ बिहीवार

585 

shares
GLOBAL IME AD
NTC AD

kheladi२ मंसीर, काठमाडौं । । मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फाइनलमा बिजयी खेलाडीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान गर्नुभएको छ ।
बिहीबार दिउँसो प्रधानमन्त्री निवासको सचिवालयमा खेलकूदमन्त्री दलजित श्रीपाइलीको उपस्थितिमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्रीले देशको गौरव बढाएकोमा खेलाडीहरुलाई बधाई दिनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘२१ वर्षयता फुटबलको क्षेत्रमा नेपालले ठूला पदक जित्न सकेको थिएन । तर, पछिल्लो १ वर्षमै नेपालले ठूला ३ पदक जितेको छ, नेपालको विजयी सुरुवात भइसकेको छ । यो जितले नेपालको गौरव बढाएको छ, नेपालीहरुको मनोबल उच्च भएको छ, युवाहरुमा आत्मविश्वास बढेको छ, त्यसका लागि सम्पूर्ण बिजेता टिमलाई म हृदयदेखि नै बधाइ दिन चाहन्छु ।’
खेलाडीहरुको प्रोत्साहनका लागि सरकारले प्रतिखेलाडी तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको स्मरण गराउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘तपाईहरुको सम्मान र मनोबलका लागि सरकारले प्रतिखेलाडी तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ । भूकम्पबाट क्षतिग्रस्त रंगशाला पूनर्निर्माणको काम अघि बढिसकेको छ, छिटै रंगशाला पूनर्निर्माण हुन्छ । अब त्यो रंगशाला पनि सानो भइसकेको छ, बृहत रंगशाला निर्माणका लागि सरकारले छिटै काम अगाडि बढाउनेछ ।’
सम्मान कार्यक्रममा एन्फाका कार्यबाहक अध्यक्ष मणि कुंवरले भूकम्पबाट क्षतिग्रस्त पूनर्निर्माण र खेलाडीहरुको प्रोत्साहन एवं सम्मानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।

वि.सं.२०७३ मंसिर २ बिहीवार ११:५४ मा प्रकाशित

महिला टी–२० क्रिकेट : नेपालद्वारा हङकङ पराजित

महिला टी–२० क्रिकेट : नेपालद्वारा हङकङ पराजित

काठमाडौँ । युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले...

महिला टी-२० : हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

महिला टी-२० : हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं । युगान्डामा जारी महिला टी-२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज...

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

भैरहवा (रुपन्देही) । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल...

केपी ओली कप फुटबलको उपाधिका लागि आर्मी र मछिन्द्र प्रतिष्पर्धामा

केपी ओली कप फुटबलको उपाधिका लागि आर्मी र मछिन्द्र प्रतिष्पर्धामा

काठमाडौँ । केपी ओली कप फुटबलको उपाधिका लागि आज त्रिभुवन...

व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान

व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान

काठमाडौँ । अन्तरराष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाल आएकी...

वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा

वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाको सहयोगमा भोलि शनिबारदेखि हुने वीरगञ्ज...