back
CTIZAN AD

गजल

वि.सं.२०७६ असार २१ शनिवार

873 

shares

पागल सरी हिड्यौं खै कता हो उठाएर तरबार
गाउँ सहर बस्ती गर्दै छ सरकारलाई खबरदार

हत्यारा हैन उ अन्याय विरुद्ध जङ्गिएको मात्र हो
उस्को बारेमा पढेको थिए मैले बिहानै अखबार

उ मन्चन गर्दैछ युवाहरु बटुली खुल्ला मैदानमा
एकदिन तेरो अन्त हुन्छ सुन्दैछस् के त सरकार

मानसिक सन्तुलन गुमाएको मान्छे पो रहेछ भन्दै
उस्को बारे झुट्टो प्रचार गर्ने समातिएछ पत्रकार

सुनेको थिए सत्यको विजय हुन्छ एकदिन त्यसैले
आज उस्को पाउँमा सरकार पनि पर्यो लम्पसार

वि.सं.२०७६ असार २१ शनिवार ०८:११ मा प्रकाशित

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...

गजल

गजल

बिके मुखिया, वाङदे,दार्जिलिङ, भारत स्वाङ पार्दै हिँडेका छन् आज काले...

गजल

गजल

मुक्ति घिमिरे कश्यप,सिक्किम होला र विद्याको सार सानो त्यागे असल...

गजल

गजल

सुनिता बराल,काठमाडौँ भन्छन् समाजसेवी सेवा विचित्रका छन् ठग्छन् ती दिनदहाडै...