back
CTIZAN AD

कविता : यात्रा र झोला

वि.सं.२०७६ असार २१ शनिवार

2.3K 

shares

हामीले थालेको त्यो यात्रा
अहिले लाग्छ, अरू कसैको थियो
हामीले बोकेका झोलाहरूमा
भविष्य अरूकै थियो
हामीले पसिना चुहाउँदै
तय गरेको गन्तव्य पनि अरूकै
थाकेर रुखमुनि बस्दा कल्पिएका
मीठा क्षणहरू पनि अरूकै
सारा दुःखको विगत आफ्नो
बोकेको भार आफ्नो
थेगेको पिडा आफ्नो

हामीले लडेको भविष्य अरूकै थियो ।

हामी झुलेको पिङ्ग अरूकै
पिङमा झुल्दाको मजा अरूकै
पिङमा झुल्दाको डाम

निरीह झुलिरहेको मन मात्रै आफ्नो रहेछ,
पुरै बल लगाएर काटेको ठाडो उकालो आफ्नो
उकालो पछि भेटेको चुचुरो अरूकै रहेछ
पाएको उँचाइ अरूकै
बाटो काट्दाको घाउ

घाउको खाटा मात्रै आफ्नो रहेछ ।

 

होइन भने
यात्रा सँगै शुरु गरेका हामी
बाटो किन फरक भो फेरि ?
हाम्रा झोलाहरू
पुरै यात्रामा हाम्रै काँधमा थिए
कसले चोर्यो हाम्रा सपनाहरू ?
कसले रित्तो पार्यो हाम्रा झोलाहरू ?
नत्र किन
हामी पहिलाकै ठाउँमा

तिमी हामीले देख्न नसक्ने गरि माथि पुग्यौ ?

यात्रामा टेकेको लट्ठी अरूकै
डरलाग्दो भेलमाथिको तुइन अरूकै
नदी तरे पछिको खुसी अरूकै
हातमा उठेका ठेलाहरू

खिलहरू मात्रै आफ्नो रहेछ,
धन्न खसिएन तुइनबाट
झरिएन मनै सिरिङ्ङ हुने
डरलाग्दा भीरहरूबाट
जङ्गलमा पनि भयंकर जनावरहरूको
शीकार हुन बाट बचियो
र पनि
यहाँ पुग्दाको उत्सव अरूकै
यात्राको भयानक सम्झना मात्रै आफ्नो रहेछ
गुमाएका सह–यात्रीहरूको पिडा मात्रै आफ्नो रहेछ
उनीहरूको बलिदानको ब्याज अरूकै
बलिदान अरूकै लागि रहेछ ।

होइन भने
यात्रा सँगै शुरु गरेका हामी
बाटो किन फरक भो फेरि ?
हाम्रा झोलाहरू
पुरै यात्रामा हाम्रै काँधमा थिए
कसले चोर्यो हाम्रा सपनाहरू ?
कसले रित्तो पार्यो हाम्रा झोलाहरू ?
नत्र किन
हामी पहिलाकै ठाउँमा

तिमी हामीले देख्न नसक्ने गरि माथि पुग्यौ ?

मार्च –६, २०१७
टोरण्टो, क्यानडा

वि.सं.२०७६ असार २१ शनिवार ०८:१६ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले...

कविता : यो बाटो कसरी काटे होला ?

कविता : यो बाटो कसरी काटे होला ?

छविलाल कोपिला मजगाउँ, देउखुरी दाङ एक युग, एक समय यो...

कविता : भोलि उस्तै यिनै हुन्छन्

कविता : भोलि उस्तै यिनै हुन्छन्

 कलानिधि दाहाल रातोपुल , काठमाडौँ म लेखूँ जिन्दगानी यो नदेख्ने...

झिल्का कविता

झिल्का कविता

ईश्वर साउद ( भिक्षु ) रामाराेशन - ६ , अछाम...

देखियो पक्षपात / ज्येष्ठनागरिकको भावमा

देखियो पक्षपात / ज्येष्ठनागरिकको भावमा

तारा विष्ट छन्दार्पण,दाङ, हाल -मलाय आमाबाबा सबैका जनक र जननी...

कविता : प्रजातन्त्र

कविता : प्रजातन्त्र

कविराज घिमिरे,चाँगुनारायण भक्तपुर प्रजातन्त्र हाम्रो छ साँचो बिगार्ने अरू नाङ्गिँदा...