back

कविता : यात्रा र झोला

वि.सं.२०७६ असार २१ शनिवार

918 

shares
GLOBAL IME AD
NTC AD

हामीले थालेको त्यो यात्रा
अहिले लाग्छ, अरू कसैको थियो
हामीले बोकेका झोलाहरूमा
भविष्य अरूकै थियो
हामीले पसिना चुहाउँदै
तय गरेको गन्तव्य पनि अरूकै
थाकेर रुखमुनि बस्दा कल्पिएका
मीठा क्षणहरू पनि अरूकै
सारा दुःखको विगत आफ्नो
बोकेको भार आफ्नो
थेगेको पिडा आफ्नो

हामीले लडेको भविष्य अरूकै थियो ।

हामी झुलेको पिङ्ग अरूकै
पिङमा झुल्दाको मजा अरूकै
पिङमा झुल्दाको डाम

निरीह झुलिरहेको मन मात्रै आफ्नो रहेछ,
पुरै बल लगाएर काटेको ठाडो उकालो आफ्नो
उकालो पछि भेटेको चुचुरो अरूकै रहेछ
पाएको उँचाइ अरूकै
बाटो काट्दाको घाउ

घाउको खाटा मात्रै आफ्नो रहेछ ।

 

होइन भने
यात्रा सँगै शुरु गरेका हामी
बाटो किन फरक भो फेरि ?
हाम्रा झोलाहरू
पुरै यात्रामा हाम्रै काँधमा थिए
कसले चोर्यो हाम्रा सपनाहरू ?
कसले रित्तो पार्यो हाम्रा झोलाहरू ?
नत्र किन
हामी पहिलाकै ठाउँमा

तिमी हामीले देख्न नसक्ने गरि माथि पुग्यौ ?

यात्रामा टेकेको लट्ठी अरूकै
डरलाग्दो भेलमाथिको तुइन अरूकै
नदी तरे पछिको खुसी अरूकै
हातमा उठेका ठेलाहरू

खिलहरू मात्रै आफ्नो रहेछ,
धन्न खसिएन तुइनबाट
झरिएन मनै सिरिङ्ङ हुने
डरलाग्दा भीरहरूबाट
जङ्गलमा पनि भयंकर जनावरहरूको
शीकार हुन बाट बचियो
र पनि
यहाँ पुग्दाको उत्सव अरूकै
यात्राको भयानक सम्झना मात्रै आफ्नो रहेछ
गुमाएका सह–यात्रीहरूको पिडा मात्रै आफ्नो रहेछ
उनीहरूको बलिदानको ब्याज अरूकै
बलिदान अरूकै लागि रहेछ ।

होइन भने
यात्रा सँगै शुरु गरेका हामी
बाटो किन फरक भो फेरि ?
हाम्रा झोलाहरू
पुरै यात्रामा हाम्रै काँधमा थिए
कसले चोर्यो हाम्रा सपनाहरू ?
कसले रित्तो पार्यो हाम्रा झोलाहरू ?
नत्र किन
हामी पहिलाकै ठाउँमा

तिमी हामीले देख्न नसक्ने गरि माथि पुग्यौ ?

मार्च –६, २०१७
टोरण्टो, क्यानडा

वि.सं.२०७६ असार २१ शनिवार ०८:१६ मा प्रकाशित

कविता : खोला र मुसाहरु

कविता : खोला र मुसाहरु

प्रेमल कुमार खनाल,काठमाडौं ।  माथि पहाडबाट बगेको खोला जस्तै शक्ति...

आज विश्व कवितासहित पाँच वटा अन्तरराष्ट्रिय दिवस

आज विश्व कवितासहित पाँच वटा अन्तरराष्ट्रिय दिवस

काठमाडौं । आज पाँच वटा अन्तरराष्ट्रिय दिवस परेका छन् ।...

झिल्का कविता

झिल्का कविता

होम प्रसाद नेउपाने, धरान, सुनसरी १. प्रेमको उघार्नू ढोका सारा...

कविता : उत्साहको रङ्ग लाओैँ

कविता : उत्साहको रङ्ग लाओैँ

कल्पना अधिकारी भट्टराई, काठमाडौं बढेको छ अन्याय यो देशभित्र ।...

कविता : होली

कविता : होली

स्वर्ण शिखा, दाङ घुमी पूर्णिमा फागुको फेरि आयो खुसीको खजाना...

कविता : ती हुन् /ती हैनन्

कविता : ती हुन् /ती हैनन्

उत्तम विचार, नुवाकोट के के तत्त्व मिलेर बन्छ कविता भन्द्यौन...