back
CTIZAN AD

कविता-ठोक सलामी ए मलामीहरु हो

वि.सं.२०७६ असार २१ शनिवार

1.4K 

shares

मेरो देश दुखिरहेछ
तर यहाँ
लाखौँ मलामीहरुको भिड
सलामी ठोकिरहेछ बर्दी लगाएर
बेजान मुर्दालाई ।

ए मलामीभिडमा
सलामी ठोक्ने बर्दीहरु हो !
आऊ
मलाई बुटैबुटले ठोक
हो,
मलाई बुटैबुटले ठोक
किनकि, मैले गल्ती गरेँ
म,
देशलाई काँधमा बोकिहिँड्ने भरिया भएँ ।

तैपनि म,
मेरो देशलाई
मुटुमा बोक्छु
छातीमा बोक्छु
शिरमा बोक्छु
जब बोक्छु
आँखामा देशलाई
तब बग्छ
कर्णालीझैँ देशसँगै आँखा ।

ठोक सलामी, अझै ठोक
पुच्छरबाट लुछ्दै
मुटुकलेजो खान भ्याउने
धारिला दाँत भएका ब्वाँसाहरुलाई
जिउँदो हुँदा पनि ठोक
मरेपछि पनि ठोक सलामी
पड्काऊ तोप
डरको देहावसान हुने गरी
र चलाऊ बुल्डोजर
भर्खरै जन्मिएका शिशु विचारहरुमाथि
तर, देशको छातीमाथि बसेर
बिस्ट्याउनेहरुलाई सलाम गर
र ठोक सलामी
जिउँदो हुँदा पनि ठोक
मरेपछि पनि ठोक सलामी
ए मलामीहरु हो ।

एकदिन देशै विक्री हुने छ
यिनैका हातबाट
ठूलो ठेकेदारको हातमा
त्यस दिन आर्यघाटमा भेला भएर
फेरि
कुन चितामा सुताएर
सलामी ठोक्छौ
आफ्नै देश चपाउनेहरुलाई ?

ए मलामीहरु हो !
मलाई जबाफ चाहियो,
ए सलामी ठोक्नेहरु हो !
मलाई जबाफ चाहियो
आजै, अहिल्यै, यति खेरै ।

गौशाला न.पा. १, महोत्तरी
९८६११९६९६६

वि.सं.२०७६ असार २१ शनिवार ०८:०७ मा प्रकाशित

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...

कविता : हिंसा

कविता : हिंसा

कविराज घिमिरे ,भक्तपुर ती वक्ष द्योतक बने खुला छँदा आधा...

कविता : आमा

कविता : आमा

विदुर अधिकारी, रामपुर,चितवन . बनेर आमा सुरम्य माथा,चुमी बढायौ यहीँ...

योग साधनासँगै नव वर्षको शुभकामनासँगै निजत्वको नियात्रा’ पुस्तक लोकार्पण

योग साधनासँगै नव वर्षको शुभकामनासँगै निजत्वको नियात्रा’ पुस्तक लोकार्पण

काठमाडाैँ । काठमाण्डौंको चण्डोलस्थित विशाल मिलन वैज्ञानिक योग साधना कक्षमा...

चारु राग विराग

चारु राग विराग

खोम काफ्ले दागाना,निचुला,भूटान उत्साह उमङ्ग बोकी नववर्ष आयो रमाउँदै न्याउलीले...