back

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माण गर्न चार कम्पनीद्वारा बोलपत्र पेश

वि.सं.२०७६ असार २३ सोमवार

936 

shares

२३ असार, काठमाडौँ । इटालियन कम्पनी सिएमसीले छाडेर हिँडेको तनहुँ जलविद्युत् आयोजनाको बाँधलगायतका संरचना निर्माणका लागि विभिन्न चार कम्पनीले बोलपत्र पेश गरेका छन् ।

कूल १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे बाँध लगायतका संरचना निर्माणका एक नेपाली कम्पनीको संयुक्त उपक्रमसहित चार कम्पनीले बोलपत्र पेश गरेका हुन् ।

आयोजनाको प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडले बोलपत्र पेश गर्न दिएको अन्तिम दिन आइतबार ती कम्पनीले प्राविधिक र वित्तीय बोलपत्र पेश गरेका हुन् । दातृ निकाय एशियाली विकास बंैकको खरीद निर्देशिकाअनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्ने गरी बोलपत्र आह्वान गरिएको थियो ।

बोलपत्र पेश गर्ने कम्पनीमा चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड चाइना, सिनो हाइड्रो कर्पोरेशन लिमिटेड चाइना, चाइना नेशनल इलेक्ट्रिक इञ्जिनीयरिङ कर्पोरेशन लिमिटेड र सोङ डा कर्पोरेशन भियतनाम÷कालिका कन्सट्रक्शन, नेपाल जेभी छन् ।

कम्पनीहरूले पेश गरेको प्राविधिक बोलपत्रकोे मूल्याङकन गरी सारभूत रूपमा प्रभावग्राही कम्पनीको मात्रै वित्तीय प्रस्ताव खोलिने तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिकेले बताए ।

प्राविधिक बोलपत्रको मूल्याङ्कन आगामी भदौको दोस्रो साताभित्रमा सम्पन्न गरी सहमतिका लागि एशियाली विकास बैंकमा पठाइने र त्यहाँबाट सहमति आएपछि वित्तीय प्रस्ताव खोलिने उनले जानकारी दिए ।

आगामी कात्तिकको दोस्रो साताभित्रमा ठेक्का सम्झौता गर्ने र आगामी पुसको दोस्रो साताभित्रै आयोजनास्थलमा निर्माण व्यवसायी परिचालन गर्ने लक्ष्य रहेको छ ।

पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले गत १२ वैशाखमा पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । शुरुमा बोलपत्र पेश गर्ने अन्तिम दिन गत २६ जेठसम्म तोकिएकामा सम्बन्धित कम्पनीले समय थप गर्न माग गरेपछि २८ दिन थप गरिएको थियो ।

छनोट हुने निर्माण व्यवसायी कम्पनीले आयोजनाको कूल १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुई वटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गर्नुपर्नेछ । आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजका काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले आयोजनस्थलमा काम शुरु गरिरहेको छ । सो कम्पनीले हाल आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवासगृहलगायतका संरचना निर्माण, आयोजनाको प्रवेश मार्ग र अन्य संरचनाको सर्वेक्षण, डिजाइनलगायतका काम गरिरहेको छ ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ । कम्पनी आयोजनास्थलमा परिचालन भई प्रसारण लाइनको चेक सर्वे गरिरहेको अवस्था छ ।

आयोजनाको कूल लागत अमेरिकी डलर ५० करोड ५० लाख रहेको छ । दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौताहरू तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण २०८१ को असार दोस्रो साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । (रासस)

वि.सं.२०७६ असार २३ सोमवार ०८:१२ मा प्रकाशित

Himalayan Life AD
विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...

फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

राष्ट्र बैंकले तीन अर्ब तीन करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

राष्ट्र बैंकले तीन अर्ब तीन करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको...

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...