back
CTIZAN AD

पर्यटकीयस्थल तावाभञ्ज्याङमा कृत्रिम ताल निर्माण हुँदै

वि.सं.२०७६ असार २४ मंगलवार

1.3K 

shares

२४ असार, खोटाङ । साकेला गाउँपालिका–३ खिदीमाको पर्यटकीयस्थल तावाभञ्ज्याङमा निर्माण गर्न लागिएको कृत्रिम तालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।

खोटाङ र भोजपुरको सिमानामा पर्ने तावाभञ्ज्याङमा रहेको खाली ठाउँमा १ नं प्रदेशकै नमूना तथा ठूलो कृत्रिम ताल निर्माण गर्ने तयारीका साथ डिपिआर तयार गरिएको हो ।

करीब रु ५६ करोड लागतमा निर्माण गरिने कृत्रिम तालका लागि प्रदेश नं १ सरकार र साकेला गाउँपालिकाको लगानी हुने गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताए ।

“प्रदेश सरकारसँगको सहकार्यमा साकेला गाउँपालिकालाई पर्यटकीय क्षेत्र बनाउने योजनाका साथ अगाडि बढेका छौँ”, उनले भने, “प्रदेश सरकारको क्रमागत योजनामा परेको तावाभञ्ज्याङमा निर्माण गरिने आधुनिक तथा नमूना कृत्रिम तालका लागि यस वर्ष गाउँपालिकाबाट रु ७० लाख बजेट विनियोजन गरिएको छ ।” समुद्री सतहदेखि करीब दुई हजार २०० मिटरको उचाइमा रहेको तावाभञ्ज्याङमा साढे ६०० मिटर लम्बाइ र ५०० मिटर चौडाइ रहने गरी कृत्रिम ताल निर्माण हुने डिपिआरमा उल्लेख छ ।

प्राकृतिकरूपमै पर्यटकीयस्थल रहेको तावाभञ्ज्याङमा कृत्रिम ताल निर्माण हुने भएपछि स्थानीयवासीसमेत हर्षित बनेका छन् ।आगामी तीन वर्षभित्र पूरा गर्ने योजनाका साथ निर्माण गरिने कृत्रिम तालको काम आर्थिक वर्ष लाग्ने बित्तिकैबाट शुरु गरिने गाउँपालिकाले जनाएको छ ।

ताल निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकलाई करीब तीन घण्टासम्म डुङ्गा सयर गराउने, पौडी खेल्न मिल्ने, तालभित्र माछा तथा हाँसपालनलगायतका क्रियाकलाप गर्न सहज हुने गाउँपालिका प्रमुख खड्काले बताए।

प्राकृतिक सौन्दर्य तथा विभिन्न वन्यजन्तु अवलोकन गर्नसमेत सकिने ठाउँमा रहेको तावाभञ्ज्याङको तल्लो भेगमा पर्यटकलाई थप आकर्षित गर्न रेन्बोट्राउटको स्रोत केन्द्र बनाउने काम पनि शुरु गरिएको छ । गत वर्ष प्रदेशसभा सदस्य रामकुमार राईको संसदीय विकास कोषको रु आठ लाखबाट शुरु गरिएको स्रोत केन्द्रका लागि यस वर्ष प्रदेश सरकारबाट रु २५ लाख बजेट प्राप्त भएको छ ।

चारैतिरबाट राष्ट्रिय सडक सञ्जालमा जोडिएको तावाभञ्ज्याङमा कृत्रिम ताल बनेपछि तराईका जिल्लाबाट समेत पहाडी भूगोल अवलोकन गर्न पर्यटक आउने अपेक्षा गरिएको छ ।तावाभञ्ज्याङमा अहिले पनि दैनिक आन्तरिक तथा बाह्य पर्यटक घुम्न र वनभोज खान आउने गरेको स्थानीयवासी रामकृष्ण राईले बताए । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएपछि बजारसमेत विस्तार भएको छ ।

बहुउद्देश्यीय योजना रहेको कृत्रिम ताल निर्माणले विस्थापित हुने घरपरिवारलाई उचित क्षतिपूर्ति दिएर सुरक्षित ठाउँमा सार्ने पहलसमेत शुरु गरिएको गाउँपालिका प्रमुख खड्काले बताएका छन् ।उनीहरुलाई आगामी दिनमा घरवास (होमस्टें) सञ्चालन गर्न तालीमको व्यवस्था गरिएको जनाइएको छ । तावाभञ्ज्याङ आसपास होमस्टे सञ्चालनका लागि डिपिआर गर्ने कामसमेत शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

रेन्बोट्राउटको लागि निर्माणाधीन स्रोत केन्द्र आसपास होमस्टे सञ्चालन गरिने जनाइएको छ ।

वि.सं.२०७६ असार २४ मंगलवार ११:२३ मा प्रकाशित

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...