back

पर्यटकीयस्थल तावाभञ्ज्याङमा कृत्रिम ताल निर्माण हुँदै

वि.सं.२०७६ असार २४ मंगलवार

945 

shares

२४ असार, खोटाङ । साकेला गाउँपालिका–३ खिदीमाको पर्यटकीयस्थल तावाभञ्ज्याङमा निर्माण गर्न लागिएको कृत्रिम तालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।

खोटाङ र भोजपुरको सिमानामा पर्ने तावाभञ्ज्याङमा रहेको खाली ठाउँमा १ नं प्रदेशकै नमूना तथा ठूलो कृत्रिम ताल निर्माण गर्ने तयारीका साथ डिपिआर तयार गरिएको हो ।

करीब रु ५६ करोड लागतमा निर्माण गरिने कृत्रिम तालका लागि प्रदेश नं १ सरकार र साकेला गाउँपालिकाको लगानी हुने गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताए ।

“प्रदेश सरकारसँगको सहकार्यमा साकेला गाउँपालिकालाई पर्यटकीय क्षेत्र बनाउने योजनाका साथ अगाडि बढेका छौँ”, उनले भने, “प्रदेश सरकारको क्रमागत योजनामा परेको तावाभञ्ज्याङमा निर्माण गरिने आधुनिक तथा नमूना कृत्रिम तालका लागि यस वर्ष गाउँपालिकाबाट रु ७० लाख बजेट विनियोजन गरिएको छ ।” समुद्री सतहदेखि करीब दुई हजार २०० मिटरको उचाइमा रहेको तावाभञ्ज्याङमा साढे ६०० मिटर लम्बाइ र ५०० मिटर चौडाइ रहने गरी कृत्रिम ताल निर्माण हुने डिपिआरमा उल्लेख छ ।

प्राकृतिकरूपमै पर्यटकीयस्थल रहेको तावाभञ्ज्याङमा कृत्रिम ताल निर्माण हुने भएपछि स्थानीयवासीसमेत हर्षित बनेका छन् ।आगामी तीन वर्षभित्र पूरा गर्ने योजनाका साथ निर्माण गरिने कृत्रिम तालको काम आर्थिक वर्ष लाग्ने बित्तिकैबाट शुरु गरिने गाउँपालिकाले जनाएको छ ।

ताल निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकलाई करीब तीन घण्टासम्म डुङ्गा सयर गराउने, पौडी खेल्न मिल्ने, तालभित्र माछा तथा हाँसपालनलगायतका क्रियाकलाप गर्न सहज हुने गाउँपालिका प्रमुख खड्काले बताए।

प्राकृतिक सौन्दर्य तथा विभिन्न वन्यजन्तु अवलोकन गर्नसमेत सकिने ठाउँमा रहेको तावाभञ्ज्याङको तल्लो भेगमा पर्यटकलाई थप आकर्षित गर्न रेन्बोट्राउटको स्रोत केन्द्र बनाउने काम पनि शुरु गरिएको छ । गत वर्ष प्रदेशसभा सदस्य रामकुमार राईको संसदीय विकास कोषको रु आठ लाखबाट शुरु गरिएको स्रोत केन्द्रका लागि यस वर्ष प्रदेश सरकारबाट रु २५ लाख बजेट प्राप्त भएको छ ।

चारैतिरबाट राष्ट्रिय सडक सञ्जालमा जोडिएको तावाभञ्ज्याङमा कृत्रिम ताल बनेपछि तराईका जिल्लाबाट समेत पहाडी भूगोल अवलोकन गर्न पर्यटक आउने अपेक्षा गरिएको छ ।तावाभञ्ज्याङमा अहिले पनि दैनिक आन्तरिक तथा बाह्य पर्यटक घुम्न र वनभोज खान आउने गरेको स्थानीयवासी रामकृष्ण राईले बताए । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएपछि बजारसमेत विस्तार भएको छ ।

बहुउद्देश्यीय योजना रहेको कृत्रिम ताल निर्माणले विस्थापित हुने घरपरिवारलाई उचित क्षतिपूर्ति दिएर सुरक्षित ठाउँमा सार्ने पहलसमेत शुरु गरिएको गाउँपालिका प्रमुख खड्काले बताएका छन् ।उनीहरुलाई आगामी दिनमा घरवास (होमस्टें) सञ्चालन गर्न तालीमको व्यवस्था गरिएको जनाइएको छ । तावाभञ्ज्याङ आसपास होमस्टे सञ्चालनका लागि डिपिआर गर्ने कामसमेत शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

रेन्बोट्राउटको लागि निर्माणाधीन स्रोत केन्द्र आसपास होमस्टे सञ्चालन गरिने जनाइएको छ ।

वि.सं.२०७६ असार २४ मंगलवार ११:२३ मा प्रकाशित

Himalayan Life AD
सर्पको टोकाईबाट २५ वर्षीया महिलाको मृत्यु

सर्पको टोकाईबाट २५ वर्षीया महिलाको मृत्यु

दमक (झापा)। सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको...

थारू समुदायको इतिहास झल्काउने सङ्ग्रहालय

थारू समुदायको इतिहास झल्काउने सङ्ग्रहालय

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–२ मा थारू समुदायको इतिहास,...

निरन्तरको झरी र हिमपातका कारण सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प

निरन्तरको झरी र हिमपातका कारण सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प

सुवास दर्नाल, सोलुखुम्बु । प्रतिकूल मौसमका कारण सगरमाथाको प्रवेशद्वार मानिने...

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि खोटाङका कृषक चिन्तित

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि खोटाङका कृषक चिन्तित

खोटाङ । पाकेर थन्क्याउन लागिएको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि...

बर्सातले खेतमै सड्न थाल्यो धान

बर्सातले खेतमै सड्न थाल्यो धान

भोजपुर । निरन्तरको वर्षाले भोजपुरका किसानको वर्षभरको मेहनत र पसिनामा...

मोरङको सुन्दर हरैंचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा

मोरङको सुन्दर हरैंचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा

काठमाडौँ । मोन्था चक्रवातका कारण मौसम बदली हुँदा पछिल्लो २४...