back
CTIZAN AD

विकट गाउँका टोलटोलमा सौर्यबत्ती

वि.सं.२०७६ असार २४ मंगलवार

1.2K 

shares

२४ असार, पर्वत । पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीका विभिन्न स्थानमा सौर्यबत्ती जडान गरिएको छ ।

रातिको समयमा स्थानीयवासीलाई हिँड्डुल गर्न, चोरी डकैती, लुटपाट र दुर्घटना न्यूनीकरण गर्न सौर्यबत्ती जडान गरिएको हो ।
गाउँका हरेक टोल, चोक, विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालयलगायत सार्वजनिकस्थलमा सौर्यबत्ती जडान गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारीदिए । लोडसेडिङको बेला पनि गाउँमा पैदलयात्रा गर्नेलाई सहज र चोरी÷डकैतीका घटना नहोऊन् भन्ने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा सौर्य सडकबत्ती जडान गरिएको उहाँले बताए । सौर्यबत्ती जडान भएपछि लोडसेडिङको बेला पनि उज्यालो हुने भएको छ ।

साविक लुङ्खुदेउरालीका झण्डै एक दर्जन स्थानमा सडक बत्ती विस्तार गरिएको हो । एउटा बत्तीले ५० मिटर वरपर उज्यालो दिने बताइएको छ । लुङ्खुदेउरालीको एकपाटेमा रहेको वडा कार्यालय परिसर, स्वास्थ्यचौकी, महेन्द्रज्योति मावि, प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल महाशिला, मिलनचोक–देउराली पदमार्गको प्रतीक्षालयलगायतका स्थानमा बत्ती विस्तार गरिएको उच्चैले बताए

। गाउँपालिकाको झण्डै रु पाँच लाखको लागतमा बत्ती जडान गरेपछि स्थानीयवासीलाई सहज भएको छ । पछिल्लो समय धार्मिक एवं पर्यटकीय हिसाबले पनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएका बेला सडकबत्ती जडान गरेपछि अझै सहज हुने भएको छ । एशियाकै ठूलो महाशिला, धुँवाकोट, चिसापानी, विभिन्न गुफा तथा गुम्बा र स्थानीय समुदायको संस्कृति यस क्षेत्रका मुख्य पर्यटकीय आकर्षणका रूपमा रहेका छन् ।

यसअघि पर्वतको सदरमुकाम कुश्मा, दोस्रो व्यापारिक केन्द्र डिमुवा, वारीबेनीलगायतका बजारक्षेत्रमा पनि सौर्यबत्ती जडान गरिएको थियो । सौर्यबत्ती जडानपछि चोरी डकैतीलगायत गैरकानूनी क्रियाकलापमा कमी आएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७६ असार २४ मंगलवार ११:३४ मा प्रकाशित

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...

पोखरामा बहुवर्गीय निर्वाचन प्रणालीबारे बहस, गोपाल किराँतीद्वारा नयाँ अवधारणा प्रस्तुत

पोखरामा बहुवर्गीय निर्वाचन प्रणालीबारे बहस, गोपाल किराँतीद्वारा नयाँ अवधारणा प्रस्तुत

पोखरा । पोखरामा आयोजित एक वैचारिक अन्तरक्रिया कार्यक्रममा नेपालका कम्युनिस्ट...

चार लाख भारतीय रकमसहित पक्राउ

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क...

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

वालिङ । नेपाली लेखक संघ (२००८), स्याङ्जाद्वारा ४४ औँ बि.पी....

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

गण्डकी । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट...

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...