back
CTIZAN AD

अहिले कतैबाट पनि तर्सिनु पर्ने स्थितिमा छैनौं–मन्त्री ज्ञवाली

वि.सं.२०७६ असार २४ मंगलवार

993 

shares

२४ असार, काठमाण्डौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले धेरै प्रतिकुलता र जटिलता सहँदै आए पनि मुलुक यतिबेला तर्सिनुपर्ने स्थितिमा नरहेको बताएका छन् ।

विष्णु रिजालद्धारा सम्पादित तथा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्धारा प्रकाशित ‘नेपालको कुटनीतिक अभ्यास राजदूतको अनुभव’ पुस्तक विमोचन गर्दै मन्त्री ज्ञवालीले राष्ट्रिय हित प्रवद्र्धन गर्दा छिमेक वा मित्रलाई अहित नहुने बताउँदै हामीसँग कोही अरु र अरुसँग हामी तर्सनु पर्ने स्थिति नरहेको धारणा राखेका थिए ।

राष्ट्रमा आधारीत विदेशी नीति र त्यसमा आधारीत कुटनीतिको लामो श्रृंखला र त्यसको अनुभव पुस्ता पुस्तालाई शेयर गर्नुपर्ने काममा यो पुस्तक महत्वपूर्ण दस्तावेज हुनेमा मन्त्री ज्ञवालीले आशा गरेका छन् । सम्पादन गर्ने पात्र र पुस्तकको बर्तमान स्वरुप सहि भएको बताउँदै उनले परिवर्तित भू–राजनीतिमा पुस्तकमा व्यक्त अनुभव सहित महत्वपूर्ण खुराक ल्याउन सकेकोले पुस्तक ऐतिहासिक र सम्पादक धन्यवादको पात्र भएको उनले बताए ।

प्रत्येक नेपालीको हिँडाइ, बोलाइ, लवाइ, खवाइ, व्यवहार र आचरण आफैँमा कुटनीति भएको बताउँदै मन्त्री ज्ञवालीले राष्ट्रले मिशनका लागि छान्ने प्रतिनिधिहरुमा विषयगत ज्ञान, नीतिगत सिद्धान्त र प्राथमिकता, सम्बन्धकारी दुई बिचका स्वार्थहरु, अन्वेषणात्मक र सृजनात्मक शैली तथा प्राप्त हुने अपेक्षाप्रतिको दृढतामा जोड दिएका थिए ।

कार्यक्रममा परराष्ट्र सचिव शंकरदास बैरागीले विज्ञहरुका यसअघिका रचना, मन्त्रालयका कर्मचारीहरुको पुस्तक र यस क्षेत्रका दिग्गजहरुको प्रयास र अभ्यासका क्रममा यो पुस्तक नयाँ आयाममा आएको धारणा व्यक्त गरेभने पूर्वमन्त्री डा. भेष बहादुर थापाले शक्तिकेन्द्रहरुको अन्तर र नयाँ समिकरणतर्फ आकृष्ट गर्न तथा अध्ययनशील र चुस्त हुन यो प्रकाशनले सबैलाई उन्मुख गराएको विचार व्यक्त गरेका थिए । पूर्वराजदूत डा. मदन कुमार भट्टराईले पुस्तकमा आएका केहि धारणामा सहमत हुन नसकिएपनि सिंगो परराष्ट्र क्षेत्रमा नयाँ काम हुन सकेकोमा खुसी व्यक्त गरे ।

वरिष्ठ पत्रकार युवराज घिमीरेले शाषक वा तत्कालिन भन्ने प्रबृति छाडेर राज्यको अपनत्वलाई सम्मान गर्नुपर्ने संस्कृतिमा जानुपर्ने धारणा राख्दै पुस्तकले परिपक्वतामा जोड दिएको बताए । पुस्तकका सम्पादक विष्णु रिजालले उमेर, अनुभवको मुख्य आधारमा २० जना व्यक्तित्व छनौट गरी सकेसम्म पूर्ण इमान र निष्ठापूर्वक सम्पादन गरेको बताए ।

त्यस्तै परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश श्रेष्ठले महत्वपूर्ण पुस्तक प्रकाशन गर्न पाउँदा प्रतिष्ठानलाई गौरव भएको धारणा व्यक्त गरेका थिए ।

कूल ३१० पृष्ठ, ३० शिर्षक र २० अनुभव सहितको उक्त पुस्तकमा मन्त्री प्रदिप ज्ञवाली, सचिव शंकरदास वैरागी र लेखक विष्णु रिजालका धारणा सहित सैनिक पृष्ठभूमिका अर्जुननरसिंह राणाको अनुभव समेटिएको छ । पुस्तकमा ईन्द्र बहादुर सिंह, कमल प्रसाद कोइराला, केदारभक्त माथेमा, केदारभक्त श्रेष्ठ, खड्गजीत वराल, गोपिनाथ दवाडी, नयन बहादुर खत्री, नोवल किशोर राई, पुष्करमान सिंह राजभण्डारी, भिक्ट्री सम्शेर जवरा, डा. भेष बहादुर थापा, प्राडा मोहन लोहनी, राजेश्वर आचार्य, लीला प्रसाद शर्मा, श्यामानन्द सुमन, सुन्दरनाथ भट्टराई, सुर्यप्रसाद श्रेष्ठ, सुरेन्द्र बहादुर श्रेष्ठ र सुशीलचन्द्र अमात्यका अनुभवहरु समेटिएका छन् ।
मन्त्री प्रदिप ज्ञवालीले भनेजस्तै कुटनीतिक अनुभवको आँखी झ्यालका रुपमा पुस्तकको महत्व रहने देखिएको छ ।

वि.सं.२०७६ असार २४ मंगलवार १८:३५ मा प्रकाशित

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६...

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुर । चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको...

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...