back
CTIZAN AD

न्यूयोर्कमा गिरिजा बाबुको सम्झना, मनाइयो ९६ औँ जन्मजयन्ति

वि.सं.२०७६ असार २४ मंगलवार

921 

shares

जिपी कोईराला फाउन्डेशन अमेरीकाद्वारा स्व गिरीजाप्रसाद कोईरालाको ९६ औं जन्मजयन्ती भव्यताका साथ सम्पन्न गरेको छ । विशेष कार्यक्रमका साथ जुलाइ ७, आइतवारको वेलुका ७ बजे ज्वीस सेन्टर हल, ज्याक्सन हाइट्स न्युयोर्कमा फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमीरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नेपाली र अमेरीकी राष्ट्रीयगान पश्चात स्व कोईरालाको फोटोमा पुष्पार्पण तथा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक शुरूवात गरिएको थियो। कार्यक्रममा सबै उपस्थित महानुभावहरुले युगपुरुष गीरीजा प्रसाद कोइरालाको तस्वीरमा फुलमाला अर्पण गर्दै उनको सम्झना गरेका थिए । तिव्वती आशीष गान गाएर कार्यक्रममा थप रौनकता दिईएको थियो।

कार्यक्रममा फाउन्डेसनका पदाधिकारीहरु उपाध्यक्ष सुवर्ण लामा, कोशाध्यक्ष व्रेन्दा राइ, केन्द्रीय सदस्यहरु प्रेम पौडेल, श्याम कार्की, छिरीङ राप्के लामा, राम कोइराला, विष्णु सिहं वैजुं, विमल डागीं, राम चन्द्र अधीकारी र मानार्थ सदस्य सान्त रीसाल सहित विभिन्न क्षेत्रका विशिष्ठ अथितीहरू नेपाल, भारत, वंगलादेश, पाकिस्तान, श्रीलंका, वोस्नीया, गयाना, हैटी, तिब्बत, अफगानिस्तान, भुटान, म्यानमार लगायत राष्ट्रका वरिष्ठ साहित्यकार, समाजसेवी, मानवअधीकारवादी, पत्रकार, वुद्वीजिवी एवं अमेरीकाका विशिष्ठ सामाजिक अभियान्ताहरू, राजनीतिज्ञहरु लगायतको उल्लेख्यनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा आगन्तुक महानुभावहरूलाई स्वागत गर्दै संस्थाका केन्द्रीय सदस्य रामचन्द्र अधिकारीले स्व कोईरालाको परिचय एवं संक्षीप्त राजनैतिक संघर्ष र नेपालमा शान्ती, प्रजातन्त्र र विकासमा उनको योगदान वारे प्रष्ट पारेका थिए । यसैगरी डा गोविन्द कोईरालाले उनको योगदान तथा विचारवारे थप प्रष्टपारेका थिए । कार्यक्रममा प्रमुख अतिथीको रूपमा क्वीन्सवोरो प्रेसीडेन्टको कार्यलयका कम्युनिटी डाइरेक्टर डा महम्मद हकले शुभकामना दिंदै स्व कोईराला साँच्चीकै महान प्रजातन्त्रवादी नेता भएको र उनको वाटोमा सबैले हिँडनसक्नुपर्ने वताए । यस्तै वरीष्ठ समाजसेवी मुह्म्मद रसीदले स्व कोईरालाको व्क्तीत्व र योगदानको सारा विश्वले कदर गरेको धारणा व्यक्त गरे । कार्यक्रममा विभीन्न महानुभावहरूले स्व कोईराला र नेपालवारे धारणा राखेका थिए ।

नेपाली जनसम्पर्क अमेरीका का महासचीव मुनिन्द्र नेम्बाङले पनि फुलमाला अर्पण गर्दै गीरीजा वावुलाइ श्रध्दाञ्जलि अर्पण गरे र आ–आफ्नो छोटो मन्तव्य दिनेहरुमा क्रमशः रुवैया रहमन, सुल्तना खनान, मालिनी शाह, वेला कादिर, हेमा भीरानी, महवुवा कविता, गीता खत्री, इमानुएल एस्से, कृष्टोफर डेजा, शाह नवाज, मोर्शेद अलाम, आरसलान इन्टरफेद, अरुमघान असार, पेमा डेन्डुप, नेन्सी क्लेन, बिनाएक कौरवार श्रीजी थिए भने इथार्ट डुक्लेएरले फ्रेन्च भाषामा श्रद्धांजलि गाना गाएर सबैलाइ स्तब्ध पारीन।

संस्थाका अध्यक्ष्यले कार्यक्रमको महत्व र औचित्यवारे थप पुष्टी पारे । गीरीजाप्रसाद कोइराला फाउण्डेसन अमेरीकाले यति छोटो समयमै समाज प्रति अतुलनीय कार्य गर्दै आएको भन्दै न्युयार्क क्वीन्स वोरोकी प्रेसीडेन्ट मेलिन्दा काट्जले गीरीजा वावुले समाज र देशप्रति गरेको योगदान नै एउटा उधारणीय कार्य भएको भन्दै कदरपत्र ले सम्मान गरिन्।

अन्त्यमा फाउन्डेशनकी कोषाध्यक्ष वृन्दा राईले धन्यवाद मन्तव्य राखी कार्यक्रमको समापन गरीएको थियो।

वि.सं.२०७६ असार २४ मंगलवार १९:४७ मा प्रकाशित

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...