२५ असार, काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षकले परीक्षार्थीको प्राप्ताङ्क जोड्न गल्ती गर्ने गरेको पाइएको छ । परीक्षा नियन्त्रण कार्यालयले गरेको अध्ययनबाट यस्तो तथ्य फेला परेको हो ।
अध्ययनले सबैभन्दा बढी गल्ती गर्ने व्यक्तिको रुपमा परीक्षकलाई ठहर्याएको छ । नतिजाप्रति चित्त नबुझाई पुनर्योगका लागि आवेदन दिएका कतिपय परीक्षार्थीको प्राप्ताङ्क परिवर्तन हुने गरेको छ । प्राप्ताङ्क परिवर्तन भएकाका एक हजार २०४ वटा उत्तरपुस्तिकामाथि गरिएको अध्ययनले परीक्षकको गल्ती ६३ प्रतिशत रहेको औँल्याएको छ ।
सबैभन्दा बढी ४२ प्रतिशत गल्ती कभरपेजमा अङ्क चढाउन छुटेको पाइएको छ । अध्ययन गरिएका उत्तरपुस्तिकाको १८ प्रतिशतमा प्राप्ताङ्कको जोड नै गलत गरेको देखिएको छ । बुधबारको गोरखापत्र दैनिकबाट
वि.सं.२०७६ असार २५ बुधवार ०७:५३ मा प्रकाशित




























