back
CTIZAN AD

हिमाल दोलखा हाइड्रोपावरको आईपिओ निस्कासन आजबाट

वि.सं.२०७६ असार २५ बुधवार

882 

shares

२५ असार । हिमाल दोलखा हाइड्रोपावरले सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको छ । कम्पनीले ७६ लाख ७२ हजार २ सय १० कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । जस मध्ये १ लाख ५३ हजार ४ सय ४४ कित्ता कर्मचारीको लागि २५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ७४ लाख ९३ हजार ७ सय ६६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । कम्पनीले आयोजना प्रभावितले नकिनेको सेयर थप गरी सर्वसाधारणलाई जारी गर्न लागेको हो ।

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्ने छन् । आईपिओमा छिटोमा असार २९ गतेसम्म र पुरै आवेदन नपरेमा ढिलोमा साउन २४ गतेसम्म आवेदन दिन सकिने बताएको छ । आईपिओ निष्काशनको लागि ग्लोबल आईएमई लिमिटेड बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले पहिलो चरणमा जेठ १४ गतेदेखि आयोजना प्रभावित स्थानीयवासीको लागि १६ लाख कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये १ लाख २७ हजार ७ सय ९० कित्ताको लागि मात्र आवेदन परेको बिक्रि प्रबन्धक ग्लोबल आईएमइ क्यापिटलले जनाएको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । केयर रेटिंग नेपालले बैशाख २५ गते कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंग प्रदान गरेको हो । शेयर आवेदकले रेटिङका आधारमा कति शेयर लगानी गर्ने भन्ने कुराको निर्णय गर्नु राम्रो हुन्छ ।

हिमाल दोलखाले विभिन्न जलविद्युत आयोजनाहरु निर्माण तथा संचालन गर्ने विभिन्न कम्पनीहरुमा लगानी गरेको छ। जसमा गोदक गाबिस स्थित ४.५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ईलाम नगरपालिका स्थित ८ मेगावाट क्षमताको माई साना क्यास्केड जलविद्युत आयोजना रहेको छ। माई साना जलविद्युतको कुल लागत ७२ करोड ५१ लाख ४९ हजार ९४२ रुपैयाँ रहेको छ भने माई खोला क्यास्केडको कुल लागत १ अर्ब ४२ करोड ४७ लाख ३ हजार ८६७ रुपैयाँ छ ।

हिमाल दोलखाले आइपीओ बिक्री गरी चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ पु¥याउने राखेको छ ।

वि.सं.२०७६ असार २५ बुधवार ०८:०१ मा प्रकाशित

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन

यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन

काठमाडौं । यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ 3S...

पहिला सुन अनि थुन: व्यवसायीमाथि बढ्दो धरपकडबीच सुष्मा श्रेष्ठको अपिल

पहिला सुन अनि थुन: व्यवसायीमाथि बढ्दो धरपकडबीच सुष्मा श्रेष्ठको अपिल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ ९एफएनसीसीआईको ० जिल्ला–नगर महिला...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...