२५ असार, खोटाङ। प्रदेश नम्बर १ का पहाडी जिल्लाका बासिन्दा स्वास्थ्यउपचारका लागि तराईका महँगा अस्पातलमा पुग्नुपर्ने बाध्यता रहेको छ । पहाडी जिल्लामा रहेका अस्पतालमा विशेषज्ञ सेवाको अभाव हुँदा तराईका अस्पतालको भर पर्नुपरेको हो । पहाडी जिल्लाका अस्पतालमा औजार, प्रविधि र अन्य भौतिक पूर्वधारको पनि अभाव छ । ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्यकेन्द्रमा सामान्य रोगको मात्रै उपचार पाइन्छ । जिल्ला अस्पतालप्रति सेवाग्राहीको विश्वास हराउँदै गएको छ । सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र हेल्थपोस्टमा ४० किसिमका औषधि निःशुल्क वितरण गर्ने भने पनि पर्याप्त पाइँदैनन् ।
ग्रामीण क्षेत्रका बासिन्दाको स्वास्थ्यमा पहुँच कम छ । जिल्ला अस्पतालहरु रेफर गर्ने ठाउँ बनेको छन् । ‘सामान्य उपचारका लागि पनि तराईका महँगा अस्पतालमा पुग्नुपर्ने बाध्यता छ । बुधबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ असार २५ बुधवार ०८:०६ मा प्रकाशित






























