back

बस दुर्घटनामा तीनको मृत्यु, १७ घाइते

वि.सं.२०७६ असार २५ बुधवार

798 

shares

२५ असार, ओखलढुङ्गा । जिल्लाको मानेभज्याङ गाउँपालिका–६ डढुवामा आज बिहान ३ बजे बस दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १७ घाइते भएका छन् ।

बसका चालक झापा पत्थरी–८ घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५ की माया थापा र सिन्धुली कमलामाई नगरपालिकाका लालबहादुर धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजीब श्रेष्ठले जानकारी दिए ।

घाइतेमध्ये पाँचको अवस्था गम्भीर छ । गम्भीर अवस्थाका पाँच जनालाई एम्बुलेन्समार्फत काठमाडौँ ल्याइएको छ । अन्य घाइतेको उदयपुरको घुर्मीस्थित आस्था हस्पिटलमा उपचार भइरहेको छ ।

पूर्वको काँकडभित्ताबाट यात्रु लिएर सोलुखुम्बुको सल्लेरीतर्फ आउँदै गरेको भाग्यरेखा यातयातको रात्रिबस सडकबाट करीब २५ मिटर तल खसेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

वि.सं.२०७६ असार २५ बुधवार ०९:३७ मा प्रकाशित

Himalayan Life AD
भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुर । गाईभैँसीमा लाग्ने खोरेत रोग उन्मूलनका लागि एक महिनासम्म...

सर्पको टोकाईबाट २५ वर्षीया महिलाको मृत्यु

सर्पको टोकाईबाट २५ वर्षीया महिलाको मृत्यु

दमक (झापा)। सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको...

थारू समुदायको इतिहास झल्काउने सङ्ग्रहालय

थारू समुदायको इतिहास झल्काउने सङ्ग्रहालय

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–२ मा थारू समुदायको इतिहास,...

निरन्तरको झरी र हिमपातका कारण सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प

निरन्तरको झरी र हिमपातका कारण सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प

सुवास दर्नाल, सोलुखुम्बु । प्रतिकूल मौसमका कारण सगरमाथाको प्रवेशद्वार मानिने...

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि खोटाङका कृषक चिन्तित

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि खोटाङका कृषक चिन्तित

खोटाङ । पाकेर थन्क्याउन लागिएको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि...

बर्सातले खेतमै सड्न थाल्यो धान

बर्सातले खेतमै सड्न थाल्यो धान

भोजपुर । निरन्तरको वर्षाले भोजपुरका किसानको वर्षभरको मेहनत र पसिनामा...