back
CTIZAN AD

वडावासीलाई निःशुल्क रगत

वि.सं.२०७६ असार २५ बुधवार

969 

shares

२५ असार, कैलाली । कैलालीको जानकी गाउँपालिका–५ का जनप्रतिनिधिले आफ्ना वडाका नागरिकलाई रगत निःशुल्क उपलब्ध गराउने भएका छन् ।
वडाध्यक्ष भीमबहादुर चौधरी र नेपाल रेडक्रस सोसाइटीबीच मङ्गलबार रगत निःशुल्क उपलब्ध गराउने विषयमा सहमति भएको छ ।
उक्त सहमतिमा नेपाल रेडक्रस सोसाइटी टीकापुर शाखाका सभापति जगदीश्वर पण्डित र वडा नं ५ का वडाध्यक्ष भीमबहादुर चौधरीले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार रेडक्रसले वडा नं ५ का नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने र वडाले चौमासिक रूपमा प्रयोग भएको रगतको आधारमा रेडक्रसलाई भुक्तानी दिनेछ । निःशुल्क रगत उपलब्ध गराएवापत वडाले प्रतिप्रिन्ट रु ८५० का दरले रेडक्रसलाई रकम उपलब्ध गराउनेछ ।

“रगत मानवतासँग जोडिएको विषय हो, वडावासी कसैले रगत अभाव भएर ज्यान गुमाउनु नपरोस् भन्ने हो”, वडाध्यक्ष चौधरीले भने, “थारू समुदायलाई लाग्ने सिकलसेल ठूलो समस्या हो, यसका लागि पनि रगत चाहिन्छ । यसबाहेक सुत्केरी महिला, रक्तअल्पतालगायत अन्य रोगबाट ग्रसित बिरामीलाई रगत अभाव हुन नदिन यो कार्यक्रम ल्याएको हौँ ।” रक्तसञ्चार केन्द्र टीकापुरले वर्षेनी एक हजार ४०० प्रिन्ट रगत आपूर्ति गर्ने गरेको छ ।

गर्भवती महिलालाई पोषण खाद्य सामग्री वितरण
कैलालीको टीकापुर नगरपालिकाले पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणाका लागि गर्भवती महिलालाई पोषण खाद्य सामग्री वितरण गरेको छ ।

नगरपालिकाले नगर क्षेत्रमा रहेका सुत्केरी महिलालाई एक क्यारेट अण्डा, एक किलो भटमास र फलफूल वितरण गरेको हो । नगरपालिकाले १ नं वडाका १०० र अन्य वडाका ३०० गरी ४०० गर्भवतीलाई पोषण तथा आहार वितरण गरेको हो । गर्भवतीलाई अण्डा वितरण गर्दै नगरपालिकाका उपप्रमुख केशरी विष्टले गर्भावस्थामा बच्चा र आमा कसरी स्वस्थ रहने भन्नेबारेमा जानकारी दिन यो कार्यक्रम गरिएको बताए ।

“गर्भवती अवस्थामा आमा र बच्चाको स्वास्थ्यमा विशेष ख्याल गरिनुपर्छ, आमाका लागि शान्त, सहज वातावरण पनि चाहिन्छ ।” उपप्रमुख विष्टले भने , “यस वर्ष पोषण सामग्री वितरण ग¥यौँ, अर्को वर्ष आमासँग उपमेयर कार्यक्रम सञ्चालन हुनेछ”, स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले पोषण सामग्री वितरणसँगै गर्भवतीलाई गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा, गर्भ जाँच, लगाउनुपर्ने खोप, नियमित खानुपर्ने आइरन चक्कीजस्ता ज्ञानसमेत दिइएको बताए । उनले घरमा सुत्केरी हुने दर शून्य गर्न पनि यो अभियान चलाइएको बताए ।

त्यसैगरी निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको र नगरपालिकाले सुत्केरीका लागि आवश्यक रगत पनि निःशुल्क पाइने व्यवस्था मिलाएको छ । गर्भवती रश्मीला शाहले पोषणसँगै गर्भावस्थामा ध्यान दिनुपर्ने कुराबारे सचेत भएको बताए । “हामीले खाना खाने तरिका नै गलत रहेछ”, शाहले भने, “हामी त सुत्केरी भएपछि टन्न खानुपर्छ सोच्थ्यौँ, गर्भावस्थादेखि नै ख्याल गर्नुपर्ने रहेछ ।”

वि.सं.२०७६ असार २५ बुधवार ०९:३० मा प्रकाशित

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर...

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

काठमाडौं । कैलालीको धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...