Logo
१० चैत्र २०७९, शुक्रबार
     Fri Mar 24 2023
E-paper
  English Edition
   Unicode
Logo

सङ्कटापन्न जातका माछा संरक्षणको अभियानमा जुट्दै नगरपालिका



२६, असार, डडेल्धुरा । डडेल्धुराको रङ्गुन नदीमा माछा संरक्षण अभियान शुरु हुने भएको छ ।

डडेल्धुराको भित्री मधेशमा पर्ने रङ्गुन नदीमा माछा संरक्षण तथा सम्बद्र्धनको व्यवस्था गरेर व्यवस्थित माछापालन अभियान अगाडि बढाइने भएको हो ।

परशुराम नगरपालिका क्षेत्रभित्र पर्ने रङ्गुन खोला तथा जलाधार क्षेत्रमा सङ्काटापन्न जातको माछापालनलाई समुदायको जीविकोपार्जनसँगै जोड्दै संरक्षणको अभियान चलाइन लागेको नगरपालिका जनाएको छ ।

जथाभावी माछा मार्ने परम्परागत प्रचलनलाई रोक्दैै नगरपालिकाले व्यवस्थित गर्न लागेकोमा स्थानीयवासीले पनि सकारात्मक रूपमा लिएका छन् ।

माछाको संरक्षण सुनिश्चित गर्न नदी क्षेत्रका जनतालाई विषादी प्रयोग नगर्न र लोप भइरहेका माछालाई संरक्षण गर्न जनचेतनामूलक कार्यक्रम गरेपछि जोखिममा रहेका ५२ प्रजातिका माछा संरक्षण हुने बताइएको छ ।

रङ्गुन खोला तथा जलाधार क्षेत्रका आम नागरिकको सुविधा र जीविकोपार्जन कार्यक्रमका लागि जलचर एवं जलीय जैविक विविधता संरक्षण ऐन, २०७५ को दफा ४२ बमोजिम आवश्यक निर्देशिकामा व्यवस्था जारी गरिने नगरपालिकाले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मंगलबार एउटा अप्रत्यासित खबरले अमेरिकाका नेपाली स्तब्ध भए । अमेरिकाको नेपाली समाज मात्र नभएर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले