back
CTIZAN AD

सङ्कटापन्न जातका माछा संरक्षणको अभियानमा जुट्दै नगरपालिका

वि.सं.२०७६ असार २६ बिहीवार

807 

shares

२६, असार, डडेल्धुरा । डडेल्धुराको रङ्गुन नदीमा माछा संरक्षण अभियान शुरु हुने भएको छ ।

डडेल्धुराको भित्री मधेशमा पर्ने रङ्गुन नदीमा माछा संरक्षण तथा सम्बद्र्धनको व्यवस्था गरेर व्यवस्थित माछापालन अभियान अगाडि बढाइने भएको हो ।

परशुराम नगरपालिका क्षेत्रभित्र पर्ने रङ्गुन खोला तथा जलाधार क्षेत्रमा सङ्काटापन्न जातको माछापालनलाई समुदायको जीविकोपार्जनसँगै जोड्दै संरक्षणको अभियान चलाइन लागेको नगरपालिका जनाएको छ ।

जथाभावी माछा मार्ने परम्परागत प्रचलनलाई रोक्दैै नगरपालिकाले व्यवस्थित गर्न लागेकोमा स्थानीयवासीले पनि सकारात्मक रूपमा लिएका छन् ।

माछाको संरक्षण सुनिश्चित गर्न नदी क्षेत्रका जनतालाई विषादी प्रयोग नगर्न र लोप भइरहेका माछालाई संरक्षण गर्न जनचेतनामूलक कार्यक्रम गरेपछि जोखिममा रहेका ५२ प्रजातिका माछा संरक्षण हुने बताइएको छ ।

रङ्गुन खोला तथा जलाधार क्षेत्रका आम नागरिकको सुविधा र जीविकोपार्जन कार्यक्रमका लागि जलचर एवं जलीय जैविक विविधता संरक्षण ऐन, २०७५ को दफा ४२ बमोजिम आवश्यक निर्देशिकामा व्यवस्था जारी गरिने नगरपालिकाले जनाएको छ ।

वि.सं.२०७६ असार २६ बिहीवार १०:४५ मा प्रकाशित

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

काठमाडौँ । पशुपति क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको वनकाली...

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज...

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि हराइरहेको...