back
CTIZAN AD

उपत्यकाका सात क्लिनिकमा सिलबन्दी

वि.सं.२०७३ मंसिर ३ शुक्रवार

789 

shares

३ मङ्सिर,काठमाडौँ  । स्वास्थ्य मन्त्रालयबाट आज खटिएको अनुगमन टोलीले काठमाडौँ र ललितपुरका बिनादर्ता सञ्चालन भएका सात क्लिनिकमा सिलबन्दी गरेको छ ।

योसँगैे अनुगमन टोलीले आजसम्म ३७ निजी क्लिनिकमा सिलबन्दी गरेको छ । टोलीले आज काठमाडौँमा २० र ललितपुरमा ११ निजी स्वास्थ्य क्लिनिकमा अनुगमन गरेको थियो ।

स्वास्थ्य सेवा विभागका उपस्वास्थ्य प्रशासक डा रामराज पन्थीको नेतृत्वको टोलीले काठमाडाँैको कालिमाटीदेखि कलङ्कीमा रहेका क्लिनिकमध्ये सुभारम्भ डेन्टल क्लिनिक, हक मेडिकल हल, स्पार्क पोली क्लिनिक, कालिमाटी डेन्टल क्लिनिक, सिटी भ्याली डेन्टल क्लिनिकमा तालाबन्दी गरेको हो ।

सिलबन्दी गरिएका क्लिनिक बिनादर्ता सञ्चालनमा रहेका र एक क्लिनिकले नवीकरण दर्ता नगरेको पाइएको थियो ।
त्यस्तै अनुगमन तथा मूल्याङ्कन महाशाखाका उपसचिव भवनाथ खतिवडाको नेतृत्व टोलीले ललितपुर जिल्लाको ग्वार्कोमा रहेको कङ्काली मेडिकल हल र नीरञ्जन डेन्टल क्लिनिक एन्ड ल्याबमा सिलबन्दी गरेको छ ।

टोलीले ग्लोबल हस्पिटल एन्ड एजुकेसन फाउन्डेसनले गत साउनदेखि नवीकरण नगरेकाले नवीकरणका लागि पत्र काटिएको उपसचिव खतिवडाले जानकारी दिनुभयो । स्वास्थ्यमन्त्री गगनकुमार थापाको विशेष चासोमा अनुगमनमा खटिएको टोलीको अनुगमन जारी रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।रासस

वि.सं.२०७३ मंसिर ३ शुक्रवार १४:२४ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...