back
CTIZAN AD

‘रातो गलबन्दी’ हेर्ने होइन त ?

वि.सं.२०७६ असार २९ आइतवार

762 

shares


२९ असार, काठमाडौँ । सामाजिक प्रेमकथामा निर्माण गरिएको फिल्म ‘रातो गलबन्दी’ को फस्र्टलुक पोस्टरसँगै शीर्ष गीत सार्वजनिक गरिएको छ ।

साउन १७ गते प्रदर्शन हुने फिल्ममा केकी अधिकारी, कोसिस क्षेत्री र बुद्धि तामाङ मुख्य भूमिकामा छन् ।


नवनिर्देशक अनिश थापाको निर्देशनमा बनेको फिल्मको सार्वजनीक पोस्टरमा केकी, कोसिस र बुद्धिलाई हाइलाइट गरिएको छ ।

हिमाल कडरिया र दुर्गा बस्नेत निर्माता रहेको फिल्मको शीर्ष गीतमा राजेश पायल राई र श्रेया राईको स्वर छ । गोबिन्द राईले कोरियोग्राफी गरेको गीत लोकराज अधिकारीले लेखेका हुन भने संगीत बिनोद खुम्बुले भरेका हुन ।


मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको स्क्रिप्ट किरण माइकलले लेखेका हुन् । हिमाल कडरियाको कथा रहेको फिल्मको सहनिर्माता बासुदेव घिमीरे,अमृता मगैराम र कृष्ण घिमीरे तथा प्रकाश दुलाल कार्यकारी निर्माता छन् । निर्देशक थापा ‘रातो गलबन्दी’ भरपुर मनोरञ्जनका साथै सामाजीक सन्देशयुक्त फिल्म भएको बताउछन् ।


पूर्वी नेपालका बिभिन्न स्थानमा खिचिएको फिल्मको लाइन प्रोड्युसरमा प्रकाश सेनदाङ, मनोज उप्रेती र युएस लाइन प्रोड्युसरमा बेनुप्रसाद मैनाली छन् । सुमन तामाङले खिचेको फिल्ममा अष्ट महर्जनको द्धन्द्ध निर्देशन छ । रातो गलबन्दीको बितरण आरआर फिल्मस्ले गर्दैछ ।

वि.सं.२०७६ असार २९ आइतवार १४:०९ मा प्रकाशित

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...