Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

मकालुमा ५० घर पहिराको उच्च जोखिममा




२९ असार, खाँदबारी । सङ्खुवासभाको मकालु गाउँपालिकामा ५० घर पहिरोको उच्च जोखिममा रहेका छन् ।

तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण मकालु गाउँपालिका–३,४र ५ का ५० घरपरिवार पहिरोको उच्च जोखिममा परेको मकालु गाउँपालिकाकी कार्यवाहक अध्यक्ष चमेली राईले जानकारी दिए।

मकालुका पावाखोला, पेपुवा, सडेक्मा, छिरिन्ते, हेदाङ्नागढी, खोकताक, नुम, आम्राङ, सोलाखानी, नयाँ बस्तीका दर्जनभन्दा बढी गाउँलाई पहिरोले चारैतिरबाट घेरेको छ, जति बेला पनि ती घरपरवार पहिरोमा पर्न सक्ने सम्भावना रहेको कार्यवाहक अध्यक्ष राईको भनाइ छ ।

पहिरोको उच्च जोखिममा परेका ५० भन्दा बढी घरका परिवारलाई तत्कालै सुरक्षित स्थानमा सार्नुपर्ने भए पनि नसकिएको उनले बताए । उच्च जोखिममा भएका परिवारलाई सार्न सुरक्षित स्थान खोजी भइरहेको भए पनि ठूलो सङ्ख्या भएका कारण गाउँपालिका एक्लैले मात्रै तत्काल अन्यत्र सार्न नसकिने अवस्थामा रहेको कार्यवाहक अध्यक्ष राईले जानकारी दिए ।

गत असार २ र ३ गते पहिरोले मकालु गाउँपालिकाभित्रका अधिकांश गाउँलाई पहिरोले चिरा–चिरा बनाएको थियो । चारैतिरबाट पहिरोकोे जोखिममा रहेका मकालु–५ का चार गाउँका २९ घर विस्थापित भएका थिए भने दुई घर पहिरोले पुरेको थियो । गाउँलाई चारैतिरबाट पहिरोले घेरेका कारण कुनै पनि बेला पहिरो जानसक्ने उच्च सम्भावना रहेको मकालु–५ का वडाअध्यक्ष जापान गुरुङले बताए ।

पहिरोको उच्च जोखिम भएका कारण उनीहरु छिमेकी र आफन्तको शरणमा बसिरहेको पनि उनले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम