back
CTIZAN AD

पहिराको उच्च जोखिममा रहेका पाँच परिवारले घर छाडे

वि.सं.२०७६ असार २९ आइतवार

1.1K 

shares


२९ असार, बनेपा । अविरल वर्षाको कारण काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका–४ र ५ मा पहिरो गएपछि त्यहाँका १५ घरपरिवार उच्च जोखिममा रहेका छन् ।

वडा नं– ५ का वडाध्यक्ष राजकुमार गौतमका अनुसार वडा नं– ४ मजुवाका १० घरपरिवार र वडा नं– ५ का पाँच घरपरिवार पहिरोको जोखिममा परेका छन् । ‘वडा नं– ५ पोखरीचौरीमा बस्ती तलबाट पहिरो गएका कारण ती घर निकै जोखिममा परेका छन् ।’ वडाध्यक्ष गौतमले भने, “पाँच घरपरिवारमध्ये विनोदप्रसाद चौलागाई नवराज चौलागाईले घर छोडेर अन्तै छाप्रोमा गएर बसेका छन् ।” अन्य तीन घरपरिवार पनि सुरक्षित स्थानमा सर्नैपर्नै अवस्थामा रहेको उनले बताए।

उता वडा नं– ४ मजुवाका दीपक गौतम, धनप्रसाद तिमल्सिना र रामप्रसाद चौलागाईको घरमाथिबाट आएको पहिरोले पुरिएर विस्थापित भइसकेको जनाइएको छ । उनीहरुको घरमाथिबाट झरेको पहिरोले पुरिएको छ । अन्य सात जनाको पनि घरमाथि र तलबाट पहिरो झरिरहेका कारण उच्च जोखिममा परेको छ ।’ उनले भने ।

गाउँपालिका अध्यक्ष दिननाथ गौतम, उपाध्यक्ष तारा चौलागाई र वडा नं– ५ का वडाध्यक्ष राजकुमार गौतमले जोखिममा परेका र विस्थापित परिवारको अवस्था बुझ्न स्थलगत अनुगमन गरी बाँकी घरपरिवारलाई पनि बेलैमा सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् ।

त्यस्तै वडा नं– ४ मा रहेको कुशल कृषि उत्पादक समूहको कार्यालय र सोही समूहद्वारा सञ्चालित बाख्रा फार्म पहिरोको जोखिममा परेपछि सुरक्षित स्थानतर्फ सरिसकेको वडाध्यक्ष गौतमले बताए।

वि.सं.२०७६ असार २९ आइतवार १३:२९ मा प्रकाशित

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवामा निरन्तर...

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...