back
CTIZAN AD

पहिरोले थुनिएको खोला फुट्यो, पाँच गाउँका बासिन्दा सुरक्षित स्थानतर्फ

वि.सं.२०७६ असार २९ आइतवार

1.1K 

shares

२९ असार, गाईघाट । उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिका– ६ स्थित दनुवार बेँसीको तीनटाट्नेमा शनिबार दिउँसो आएको पहिरोले थुनिएको बैद्यनाथ खोला आज बिहान फुटेको छ ।

शनिबार दिउँसो तीनटाट्नेको पाखाबाट खसेको पहिरोले बैद्यनाथ खोला थुनिएपछि खोलाको बहाव बढ्दै गएर ताल बन्दै गइरहेको बेला आज बिहान उक्त ताल आफै फुटेको र अहिले तीनटाट्ने, गोटिया, बकपती, सोमबारे र कटारीको रिस्कु क्षेत्रका स्थान खोलाको डुबानको कारण स्थानीयवासीलाई अन्यत्र सारिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काका अनुसार शनिबार रातिनै बैद्यनाथ खोला आसपास हुँदै कटारीको यारी खोलामा मिसिने स्थानका गाउँका स्थानीयवासीलाई सतर्क गराएर अन्यत्र सारिएको कारण अहिले सो गाउँ खाली भएका कारण बैद्यनाथ खोला फुट्दा मानवीय क्षति नभएको हो ।

बैद्यनाथ खोला पहिरोले थुनिएपछि नेपाली सेनाको एक टोली विष्फोटक पदार्थ लिएर सो क्षेत्रमा नदी खोल्न पुगेपनि सेनाले उक्त नदी फुटाउन नपरिकन नदी आफै फुटेको हो ।

वि.सं.२०७६ असार २९ आइतवार १४:५४ मा प्रकाशित

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...