back
CTIZAN AD

राष्ट्र बैङ्कले बाणिज्य बैङकका सिइओ नियुक्त गर्ने कानुन बनाउँदै, धेरै सिइओको जागिर धरापमा

वि.सं.२०७६ असार २९ आइतवार

822 

shares

२९ असार, काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमै बैङ्क तथा बित्तीय सस्थाहरु एकीकरण गर्ने घोषणा गरेसँगै अहिले बिग मर्जर खुब चर्चामा छ । पूर्व गर्भनर समेत रहेका अर्थमन्त्री डा. खतिवडाको लोलीमा बोली मिलाउँदै राष्ट्र बैंङ्कका गर्भनर डा. चिरन्जीबि नेपालले पनि बैङ्क सङ्ख्या आधा घटाउने बताउदै आएका छन् । यसमा साथ दिएका छन् १२ देखि १४ वटा मात्रै कर्मसियल बैङ्क राख्न सकिने धारणा अगाडि सारेर नेपाल बैङ्कर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले पनि ।

तर बिग मर्जरले धेरै सिइओ को भने सानो काढेको छ । यसैकारण धेरैजसो सिइओहरु अहिले राष्ट्र बैङ्कले अघि सारेको बिग मर्जरका नकारात्मक पाटाका बारेमा बोल्नै चाहदैनन् । हामीले बिग मर्जरका चुनौतिका बारेमा ६ वटा बैङ्कका सिइओसँग जिज्ञासा राखेका थियौं । तर ज्योति बिकास बैङ्क सिइओ मनोज ज्ञवाली बाहेक अरु सबै सिइओहरु मर्जर पछिका चुनौतिका बारेमा बोल्न तयार भएनन् । यसको सोझो अर्थ हो मर्जर पछिको जागिरको सुरक्षा । सिइओ र उच्च व्यवस्थापकिय कर्मचारीहरुको जागिर अहिले धरापमा रहेको छ । अझ राष्ट्र बैङ्कले मौद्रिक नीतिमा बाणिज्य बैङकका सिइओ आफैले नियुक्त गर्न सक्ने निति ल्याउने प्रक्रिया अगाडि बढाएसँगै सिइओहरुको सात्लोपुत्लो उड्न थालेको छ ।

राष्ट्र बैङ्क श्रोतका अनुसार मर्जर पछि सम्भावित ३ वटा दावेदारहरुको नाम राष्ट्र बैङ्कले माग्ने र तिनैमध्येबाट राष्ट्र बैङ्कले सिइओ नियुक्त गर्ने गरी तयारी गरिरहेको छ । श्रोतले जनाए अनुसार राष्ट्र बैङ्कले बाणिज्य बैङ्कहरुमा सोझै आफैले सिइओ नियुक्त गर्नसक्ने गरी कानुन बनाउने तयारी गरेको छ ।

वि.सं.२०७६ असार २९ आइतवार १५:१४ मा प्रकाशित

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...