Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

राष्ट्र बैङ्कले बाणिज्य बैङकका सिइओ नियुक्त गर्ने कानुन बनाउँदै, धेरै सिइओको जागिर धरापमा



२९ असार, काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमै बैङ्क तथा बित्तीय सस्थाहरु एकीकरण गर्ने घोषणा गरेसँगै अहिले बिग मर्जर खुब चर्चामा छ । पूर्व गर्भनर समेत रहेका अर्थमन्त्री डा. खतिवडाको लोलीमा बोली मिलाउँदै राष्ट्र बैंङ्कका गर्भनर डा. चिरन्जीबि नेपालले पनि बैङ्क सङ्ख्या आधा घटाउने बताउदै आएका छन् । यसमा साथ दिएका छन् १२ देखि १४ वटा मात्रै कर्मसियल बैङ्क राख्न सकिने धारणा अगाडि सारेर नेपाल बैङ्कर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले पनि ।

तर बिग मर्जरले धेरै सिइओ को भने सानो काढेको छ । यसैकारण धेरैजसो सिइओहरु अहिले राष्ट्र बैङ्कले अघि सारेको बिग मर्जरका नकारात्मक पाटाका बारेमा बोल्नै चाहदैनन् । हामीले बिग मर्जरका चुनौतिका बारेमा ६ वटा बैङ्कका सिइओसँग जिज्ञासा राखेका थियौं । तर ज्योति बिकास बैङ्क सिइओ मनोज ज्ञवाली बाहेक अरु सबै सिइओहरु मर्जर पछिका चुनौतिका बारेमा बोल्न तयार भएनन् । यसको सोझो अर्थ हो मर्जर पछिको जागिरको सुरक्षा । सिइओ र उच्च व्यवस्थापकिय कर्मचारीहरुको जागिर अहिले धरापमा रहेको छ । अझ राष्ट्र बैङ्कले मौद्रिक नीतिमा बाणिज्य बैङकका सिइओ आफैले नियुक्त गर्न सक्ने निति ल्याउने प्रक्रिया अगाडि बढाएसँगै सिइओहरुको सात्लोपुत्लो उड्न थालेको छ ।

राष्ट्र बैङ्क श्रोतका अनुसार मर्जर पछि सम्भावित ३ वटा दावेदारहरुको नाम राष्ट्र बैङ्कले माग्ने र तिनैमध्येबाट राष्ट्र बैङ्कले सिइओ नियुक्त गर्ने गरी तयारी गरिरहेको छ । श्रोतले जनाए अनुसार राष्ट्र बैङ्कले बाणिज्य बैङ्कहरुमा सोझै आफैले सिइओ नियुक्त गर्नसक्ने गरी कानुन बनाउने तयारी गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ