back
CTIZAN AD

कुवेतमा भएको आगलागीमा तीन नेपाली कामदारको मृत्युभएको पृष्टि

वि.सं.२०७६ असार २९ आइतवार

903 

shares

१४ जुलाई ,कुवेत । गत जुलाइ १२, शुक्रबारका दिन राती १० बजे कुवेतको महाबुल्ला स्थित आप्रवासी कामदारहरुको आवास गृहमा भएको आगलागिमा परि एक पुरुष र दुई महिला गरि तीन नेपाली कामदारहरुको मृत्यु भएको पुष्टि भएको छ ।

आप्रवासीहरुको आवास गृहमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भएर भएको अगलागीमा परि सर्लाहीका २९ बर्षिय बिजय बैंठा, नेपालको घर ठेगाना पत्ता लाग्न बाकी अप्सरा कामी तथा गौरी दर्जिको मृत्यु भएको हो । यसरी मृत्यु हुने राहदानी नं ०६१६३१८१ का बिजय बैंठा कुवेतको अलबहार फर क्लिनिङ कम्पनीमा कार्यरत रहेको बिबरण प्राप्त भए पनि घरेलु महिला कामदारका रुपमा काम गर्दै गरेका मृतक अप्सरा कामी तथा गौरी दर्जिको पुर्ण बिबरण भने आउन बाँकी छ ।

नेपाली राजदुताबास कुवेतका द्धितीय सचिब ज्ञान बहादुर मगरले भने, आगलागिमा परि कुवेतमा कार्यरत तीन नेपाली कामदारहरुको दुखद निधन भएको पुष्टि भएको छ । साथै केही नेपालिहरु घाइते भएर कुवेतको आदान अस्पतालमा राखिएको प्रारम्भिक जानकारी आएकोले नेपाली दूताबास कुवेतका प्रतिनिधि छिट्टै उक्त अस्पतालमा गई पुर्ण जानकारी लिईने छ । साथै कुवेतको सम्बन्धित सरकारी निकायहरु र मृतक तथा घाइतेहरु काम गर्ने कम्पनी वा स्पोन्सरहरुसँग समन्वय गरि सम्पुर्ण कानुनी प्रकृया, घाइतेहरुलाइ उपचार तथा मृतकहरुले पाउने बिमा रकम सम्बन्धित परिवारहरुसँग सम्पर्क गरि दाबी गर्नेतर्फ नेपाली दुताबासले प्रक्रिया अगाडी बढाइसकेको छ ।

photo-Agency

वि.सं.२०७६ असार २९ आइतवार १५:३४ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...