back
CTIZAN AD

विप्लवसँग वार्ता गर्न तीन सम्पर्क सूत्र

वि.सं.२०७६ असार ३० सोमवार

720 

shares


३० असार, काठमाडौँ । सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ताको तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले वार्तामार्फत राजनीतिको मूलधारमा ल्याउने तयारी गर।ेका हुन् । स्रोतका अनुसार यसको जिम्मा प्रधानमन्त्री ओलीले नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र तत्कालीन वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेलाई दिएका छन् भने पार्टीका अध्यक्ष दाहालले पूर्वगृहमन्त्री एवं पार्टीका स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई र गृहमन्त्री थापाले नेकपाकै नेता आफ्ना सल्लाहकार सूर्यप्रकाश सुवेदीलाई दिएका छन् ।

तर विप्लव समूहले तीनवटै टोलीसँग सम्पर्क हुँदा ‘पार्टीको प्रतिबन्ध फुकुवा, पक्राउ परेका कार्यकर्ताको निसर्त रिहाइ, हत्या, दमन, धरकपड रोकेर सरकारले राजनीतिक इमानदारी देखाए हामी वार्ताविरोधी होइनौं, वार्ता प्राविधिक समाधानतिर भन्दा राजनीतिक समाधानतिर हुनुपर्छ भन्ने हाम्रो जोड छ’ भन्ने सन्देश पठाएको छ । पछिल्लोपटक पूर्वगृहमन्त्री जनार्दन शर्माले विप्लव समूहनिकटका केही सञ्चारकर्मी र बुद्धिजीविसँग छलफल गरेका थिए । उनले माथिल्ला तहका नेताहरुसँग पनि सम्पर्क गरेका थिए तर खासै उपलब्धि हासिल गर्न नसकेको स्रोतले जनाएको छ । सोमबारको नागरिक दैनिकबाट

वि.सं.२०७६ असार ३० सोमवार ०९:०० मा प्रकाशित

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...