३० असार, काठमाडौँ । एक हप्ताअघि केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिएको नेपाली कांग्रेसको नियमावली २०७६ पारित भएको छ । असार २२ गते बसेको केन्द्रीय समिति बैठकमा नियमावली संशोधन मस्यौदा समितिका संयोजक रमेश लेखकले मस्यौदा प्रस्तुत गरेका थिए । प्रस्तुत मस्यौदाबारे शुक्रबारको बैठकमा बोल्ने क्रम नसिद्धिएकाले आइतबार पुःन बैठक बोलाइएको थियो ।
आइतबार रातिसम्म बसेको बैठकले नियमावली पारित गर्ने निर्णय गरेको हो । बैठकमा केन्द्रीय सदस्यहरुबाट उठेका सुझाव नियमावली मस्यौदा संशोधन समितिले समेट्ने गरी पारित गरिएको केन्द्रीय सदस्य उमाकान्त चौधरीले बताए । सोमबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ असार ३० सोमवार ०९:०१ मा प्रकाशित



























