३० असार, काठमाडौँ । पर्याप्त जग्गा नहुँदा काठमाडौँ जिल्लाका २५ वटा सामुदायिक विद्यालयको पुनर्निर्माणका लागि आवश्यक पर्ने जग्गा नभएका कारण पुनर्निर्माण हुन नसकेको हो ।
०७२ को भूकम्पका कारण काठमाडौँका दुई सय ४१ मध्ये एक सय ८१ विद्यालय क्षतिग्रस्त भएका थिए । ६० भन्दा बढी विद्यालय पूर्ण रुपमा क्षतीग्रस्त बनेका थिए । भूकम्प गएको चार वर्षको अवधिमा ८७ वटा विद्यालयको पुनर्निर्माण जारी छ भने ६६ वटा विद्यालय पुर्ननिर्माण हुन बाँकी छन् । जसमध्ये २५ विद्यालय जग्गा अभावका कारण पुर्ननिर्माण हुन नसकेको र प्राधिकरणका इन्जिनियर सागर पौडेलले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष ०७३–७४ मा १५ विद्यालय, ०७४–०७५ मा ३९ र ०७५–०७६ मा २९ वटा विद्यालय पुनर्निर्माण भएका छन् । चार विद्यालय एडिबीको ऋण सहयोगमा पुनर्निर्माण गरी हस्तान्तरण भइरहेका छन् । सोमबारको नयाँ पत्रिकाबाट