back
CTIZAN AD

इङ्ग्ल्याण्डले उचाल्यो विश्वकप क्रिकेट २०१९ को उपाधि

वि.सं.२०७६ असार ३० सोमवार

879 

shares

३० असार । न्युजिल्याण्डलाई पराजित गर्दै इंग्ल्याण्डले एकदिवसीय विश्वकप २०१९ को उपाधि जितेको छ। इंग्ल्याण्डले एकदिवसीय विश्वकप जितेको यो पहिलो पटक हो।

इङ्ल्यान्डले सन् १९७९, सन् १९८७ र सन् १९९२ मा गरी तीनपटक विश्वकपको फाइनलमा पुगे पनि उपविजेतामा सीमित बनेको थियो । इङ्ल्यान्डले चौथो प्रयासमा विश्वकप ट्रफी उचाल्न सफल बनेको हो । लगातार दोश्रो पटक न्युजिल्याण्ड उपविजेतामा सिमित भएको थियो।

लर्ड्स मैदानमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै न्युजिल्याण्डले दिएको २४२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले ५० ओभरमा सम्पूर्ण विकेट गुमाएर २४१ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

सुपर ओभरमा इंग्ल्याण्डले पहिले ब्याटिंग गर्यो । इंग्ल्याण्डले १५ रन बनायो र न्युजिल्याण्डलाई जित्न १६ रनको लक्ष्य प्रस्तुत गर्यो। जितको लागि न्युजिल्याण्डलाई २ रन आवस्यक रहेको बेला १ रन पुरा गर्यो । सुपर ओभरमा दुवै टिमले समान १५ र १५ रन बनाए तर बढी बाउन्ड्री हानेको आधारमा इङ्ल्यान्ड विजेता बनेको हो । सुपर ओभरमा इङ्ल्यान्डले दुई चौका हान्यो भने न्युजिल्यान्डले एक छक्का मात्र हानेको थियो ।

यसअघि लर्डसमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा दुई सय ४१ रन बनाएको थियो ।

वि.सं.२०७६ असार ३० सोमवार ०९:४६ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...