
३१ असार, काठमाण्डौं । काठमाण्डौं अहिले ताजा तरकारीको भाउ आकासिएको छ । तराईमा आएको बाढीले तरकारी उत्पादनमा क्षति पुर्याएको र ढुवानी गर्ने बाटो प्रभावित भएकाले काठमाण्डौंका बजारमा तरकारीको भाउ दोब्बर बढेको कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ ।
समितिकिा उपनिर्देशक विनय श्रेष्ठका अनुसार भारी वर्षात पछि तरकारीको भाउमा असर परेको हो । ‘बर्षात बढेपछि आयात नै कम भयो, जसको असर मूल्यमा परेको देखिन्छ,’ उनले भने, ‘सामान्य अवस्थामा कालिमाटी बजारमा दैनिक औसत सात सय टन तरकारी आउँछ । तर, बर्षातको कारण शुक्रबार र शनिबार आयात निकै घटेको छ ।’
शुक्रबार कालिमाटी बजारमा ४ सय ६० टन र शनिबार ५ सय ४० टन तरकारी भित्रिएको थियो । मंगलबारको नयाँपत्रिका दैनिकबाट