३१ असार, कास्की । रासस गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राकृतिक विपत्तिमा सावधानी अपनाउन आम नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आग्रह गरेका छन् । सोमबार साँझ एक प्रेस वक्तव्य प्रकाशित गर्दै उहाँले वर्षायाममा जुनसुकै समयमा पनि प्राकृतिक विपत्ति आउनसक्ने सम्भावनालाई ध्यान दिँदै आवश्यक पूर्व तयारीमा जुट्न र सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गरेका हुन ।
देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण सिर्जित बाढी, पहिरो तथा डुबानबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति उनले गहिरो दुःख व्यक्त। विज्ञप्तिमा मुख्यमन्त्री गुरुङले दुःखको घडीमा बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक श्रद्धाञ्जलि तथा मृतकका परिवारजनप्रति समवेदना तथा घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन ।
विपद्को घडीमा बेपत्ता भएकाको शीघ्र खोजी, उद्धार र राहतमा जुट्नसमेत उनले विज्ञप्तिमार्फत सबैमा आह्वान गरेका हुन ।
वि.सं.२०७६ असार ३१ मंगलवार ०९:३० मा प्रकाशित



























