back
CTIZAN AD

कन्या राशी हुनेले चन्द्रग्रहण हेर्दै नर्हेनुस्, अन्य राशीका लागि कस्तो छ त ?

वि.सं.२०७६ असार ३१ मंगलवार

1.3K 

shares

असार महिनाको अन्तिम रात चन्द्र ग्रहण लाग्ने भएको छ । चन्द्र ग्रहणलाई बुझ्ने विषयमा विज्ञान र धर्ममा केही भिन्नता पाइन्छ । ज्योतिष विज्ञान धर्म र विज्ञानको विश्लेषण गर्ने विज्ञान भएकोले ग्रहणलाई ज्योतिष विज्ञानले भिन्न तरिकाले बुझ्ने तथा बुझाउने गरेको पाइन्छ ।

असार ३१ गते राति १०ः५६ बजे स्र्पस भएर विहान ४ : १५ मा मोक्ष हुने चन्द्र ग्रहणको कुन राशीमा कस्तो प्रभाव पार्दछ ? भन्ने जिज्ञासा शान्त पार्न हामीले बाल्मिकी क्याम्पसमा उपप्राध्यापक डा. प्रकाश ढकालसँग कुरा गरेका छौं ।

ढकालका अनुसार ग्रहण लाग्नु भन्दा ५ घण्टा अगाडि नै ग्रहणको सुतक लाग्ने गर्दछ । रातिको समयमा चन्द्रमाबाटै आउने किरणलाई शान्ति वा सित किरण भनिन्छ । यिनीहरुबाट मानिस लगायतका प्राणीले सितलता प्राप्त गर्दछन । तर, ग्रहण लागेको बेला चन्द्रमाबाट आउने किरणहरुलाई पुत किरण भनिने डा ढकाल बताउँछन् । पुत किराणहरु दुषित हुने भएकोले यस्ता किरणबाट जोगिनु राम्रो भएको डा ढकालको सल्लाह छ ।

डा. ढकालका अनुसार यस्ता किरणबाट जोगिन घरभित्रै बस्ने, बाहिर निस्किएपनि पीपलको बोटमुनि बस्ने गरेमा राम्रो हुन्छ ।

असार ३१ को चन्द्र ग्रहणबाट कुन राशीलाई कस्तो प्रभाव पर्ला त ?

डा. ढकालका अनुसार मेष राशी–भएका मानिसहरुले यो चन्द्र ग्रहण हेरेमा इज्जत प्रतिष्ठामा आँच आउन सक्छ ।

वृष र मिथुन राशी भएका मानिस पनि यो चन्द्र ग्रहणबाट टाढै बसेको राम्रो हुने डा ढकालको सल्लाह छ । डा. ढकालका अनुसार यो चन्द्र ग्रहणको स्पर्शमा आएमा वृष राशीका मानिसहलाई शारीरिक पीडा हुनेछ भने मिथुन राशीका मानिसहरुका स्त्रीलाई अनिष्ट हुने योग छ ।

तर यो खण्डग्रास ग्रहणले कर्कट, तुला, कुभ्म, र मीन राशीका मानिसहरुलाई भने फलिफाप हुने योग र कर्ककटलाई सन्तानबाट सुख योग रहेको डा. ढकालले बताएका छन् । कुम्भ र मीन राशी भएका मानिसहरुलाई पनि चन्द्र ग्रहणले सकारात्मक फल दिने डा. ढकाल बताउँछन् ।
तर, सिंह, कन्या, वृश्चिक,धनु र मकर राशीका भएका मानिसहरु भने यो ग्रहणबाट टाढै रहेको राम्रो भन्छन् डा ढकाल ।

उनका अनुसार सिंह राशीवालाहरुले यो चन्द्रग्रहण हेरेमा मानसिक अशान्तिले डेरा जमाउने छ । कन्या राशीवालाहरुलाई यो चन्द्र ग्रहणले शारीरिक पीडा दिने योग रहेको डा. ढकालको भनाई छ ।
वृश्चिकको धन हराउने छ भने धनु राशीलाई साथी भाइ र इष्टमित्रबाट घात हुने योग रहेको छ । ढकालका अनुसार मकर राशीलाई खर्च हुने र धनको नास हुने योग छ ।

वि.सं.२०७६ असार ३१ मंगलवार १०:४१ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...