
राजनीतिक कारण बहसमा रहेका डा. सिके राउतको नाममा फिल्म बन्ने भएको छ ।
जनमत पार्टीका संयोजक समेत रहेका डा. सिके राउतको जीवनमा आधारित उक्त फिल्म भोजपुरी भाषामा बन्न लागेको हो । उक्त फिल्म पहिले भोजपुरी र क्रमश ः हिन्दी र नेपाली भाषामा समेत बन्ने बताइएको छ ।
भोजपुरी निर्देशक सन्तोष साहको निर्देशनमा बन्न लागेको उक्त फिल्मको नाम ‘डा. सिके राउत’ रहेको छ भने उक्त फिल्ममा भोजपुरी नायक प्रदेशी साहले राउतको भूमिका निभाउने छन् ।
राउतले मधेश स्वराज नामक पुस्तकमा नेपालबाट मधेशलाई अलग बनाउनु पर्ने र मधेसको छुट्ट सेना हुनुपर्छ भन्ने लेखेका थिए । सोहि विषयलाई लिएर उनको धेरै विरोध समेत भएको थियो ।
खुल्लमखुल्ला रुपमा मधेश स्वतन्त्रताको अभियान चलाएका उनी पक्राउ समेत परेका थिए । स्वतन्त्र मधेशको पृथकतावादी आन्दोलन चलाउँदै आएका डा.राउत र सरकारबीच २०७५ फागुन २४ गते ११ बुँदे सम्झौता सहित एकता भएको थियो ।
डा. राउतको नाममा बन्न लागेको फिल्म कस्तो होला भन्नेमा सबैको चासो रहेको छ ।