back
CTIZAN AD

यस्तो छ, मानब बेचबिखनको बदलिँदो स्वरुप

वि.सं.२०७६ साउन २ बिहीवार

1.7K 

shares

मानव बेचबिखन नेपाली समाजको गम्भीर सामाजिक समस्या बनेको छ । यो समस्या पहिलाको भन्दा नयाँ स्वरुपमा विकसित भइरहेको छ । यसको न्यूनीकरणका लागि चुनौतीहरू थपिएका छन् । पहिलाभन्दा अहिले त्यसको स्वरुपमा परिवर्तन आएको छ ।
केही वर्षअघिसम्म गाउँका अशिक्षित महिला तथा बालबालिकाहरूमात्रै बेचबिखनको जोखिममा पर्ने गरेको अवस्था थियो । अहिले आएर शहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेका छन् ।

वर्षेनी महिला तथा बालबालिकाको बेचबिखन बढ्दो छ । उनीहरुलाई विभिन्न बहानामा एसियादेखि ल्याटिन अमेरिकासम्म पुर्याइएको छ । एसियाको मलेसिया, इण्डोनेसिया, अफ्रिकाको केन्या, युगाण्डा र मध्यपूर्वका देशहरूमा एवम ल्याटिन अमेरिकाको ब्रजिलसम्म पनि बेचिन पुगेको अवस्था छ ।

नेपाल प्रहरीको अभिलेख अनुसार “२०७१ र ७२ मा १८१, २०७२ र ७३ मा २१२, २०७३ र ७४ मा २२७ र २०७४ र ७५ मा २६८ जना मानव बेचबिखनमा परेको देखिन्छ । यो तथ्याङ्क अनुसार ८० प्रतिशतभन्दा बढी महिला नै पीडित हुने गरेको पाइन्छ ।

सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाह गर्ने क्रम र वैदेशिक रोजगारीमा जान चाहने महिलाको आकांक्षा बढेसँगै बेचबिखनमा पर्ने जोखिम पनि बढेको छ । वैदेशिक रोजगारीका नाममा लैजाने तर प्रक्रिया नपुर्याइकन लैजाँदा श्रमशोषण, यौनशोषण हुने काममा लगाउने गरेको स्थिति अदालतमा आउने विभिन्न मुद्धाहरुबाट पनि देखिएको छ ।

विकसित देशहरूमा लैजाँदा पनि पेपर म्यारिजको बहानामा स्थायी बसोबास अनुमतिपत्र पाउने नाममा, शरणार्थीका नाममा र विभिन्न सेमिनारहरूमा भाग लिन जाने नाममा महिलाहरू बेचिने जोखिम त्यत्तिकै रहेको छ । कम मेहनतमा सुखी जीवनको अभिलासा र राम्रो लगाउने, मीठो खाने र समाजमा केहि गरेर देखाउनुपर्ने कथित लालसाको प्रवृत्ति बढ्दै जाँदा यस्तो भएको हो ।

यस सन्दर्भमा मानव बेचबिखन सम्बन्धी अपराधलाई नियन्त्रण र रोकथाम गर्नको लागि सरकारले भैरहेका प्रयासहरुलाई दोब्बर पार्दै थप प्रभावकारी कार्य योजना ल्याउनु आवश्यक छ ।

वि.सं.२०७६ साउन २ बिहीवार ०९:०३ मा प्रकाशित

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...