back
CTIZAN AD

३ दिनमै जलविद्युत्को लाइसेन्स दिने उर्जामन्त्रीको प्रतिवद्धता

वि.सं.२०७३ मंसिर ५ आइतवार

1.1K 

shares

janardan-sharma

५ मंसीर, काठमाडौं । उर्जामन्त्री जर्नादन शर्मा “प्रभाकर”ले जल विद्युत्मा लगानी गर्न चाहानेलाई ३ दिनभित्र लाइसेन्स दिने घोषणा गर्नु भएको छ ।
“निक इलेक्ट्रो टेक–२०१६” को उद्घाटन कार्यक्रममा मन्त्री शर्माले सो कुरा बताउँदै अरु मन्त्री भन्दा आफू फरक रहेको बताउँदै पहिले के गर्ने भन्ने ठोस कुराको निर्णय गरेर प्रक्रिया पछि मिलाउने बताउनु भयो ।
कार्यक्रममा एक उर्जा व्यवसायीले विद्युतका सम्बन्धमा जानकारी दिने क्रममा युथोपियामा विद्युत्मा लगानी गर्नेलाई त्यहाँको सरकारले तीन दिनमै लाइसेन्स दिने तर नेपालमा वर्षौ कुनुपर्ने बताएपछि उर्जा मन्त्री शर्माले भन्नु भयो “ युथोपिया किन जानु प¥यो र लगानी गर्छु भनेर आउनुस् म यहि पनि तीन दिनमा लाइसेन्स दिन्छु । ” शर्माले लगानीकर्तालाई लगानी गर्न आव्हान गर्दै कर्णाली र चिसा पानी कुन लिनु हुन्छ रोजेर लिन समेत अनुरोध गर्नु भएको थियो ।
मन्त्री शर्माले लगानीकर्ताको रोजाइ अनुसार जुनसुकै आयोजनाको पनि अनुमति दिने प्रतिबद्धता व्यक्त गर्दै विदेशमा बस्ने नेपालीका लागि अनलाइनबाटै लगानी गर्न मिल्ने वातावरण बनाउन लागेको समेत बताउनु भएको थियो ।

वि.सं.२०७३ मंसिर ५ आइतवार ०४:२६ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...