back

३ दिनमै जलविद्युत्को लाइसेन्स दिने उर्जामन्त्रीको प्रतिवद्धता

वि.सं.२०७३ मंसिर ५ आइतवार

726 

shares

janardan-sharma

५ मंसीर, काठमाडौं । उर्जामन्त्री जर्नादन शर्मा “प्रभाकर”ले जल विद्युत्मा लगानी गर्न चाहानेलाई ३ दिनभित्र लाइसेन्स दिने घोषणा गर्नु भएको छ ।
“निक इलेक्ट्रो टेक–२०१६” को उद्घाटन कार्यक्रममा मन्त्री शर्माले सो कुरा बताउँदै अरु मन्त्री भन्दा आफू फरक रहेको बताउँदै पहिले के गर्ने भन्ने ठोस कुराको निर्णय गरेर प्रक्रिया पछि मिलाउने बताउनु भयो ।
कार्यक्रममा एक उर्जा व्यवसायीले विद्युतका सम्बन्धमा जानकारी दिने क्रममा युथोपियामा विद्युत्मा लगानी गर्नेलाई त्यहाँको सरकारले तीन दिनमै लाइसेन्स दिने तर नेपालमा वर्षौ कुनुपर्ने बताएपछि उर्जा मन्त्री शर्माले भन्नु भयो “ युथोपिया किन जानु प¥यो र लगानी गर्छु भनेर आउनुस् म यहि पनि तीन दिनमा लाइसेन्स दिन्छु । ” शर्माले लगानीकर्तालाई लगानी गर्न आव्हान गर्दै कर्णाली र चिसा पानी कुन लिनु हुन्छ रोजेर लिन समेत अनुरोध गर्नु भएको थियो ।
मन्त्री शर्माले लगानीकर्ताको रोजाइ अनुसार जुनसुकै आयोजनाको पनि अनुमति दिने प्रतिबद्धता व्यक्त गर्दै विदेशमा बस्ने नेपालीका लागि अनलाइनबाटै लगानी गर्न मिल्ने वातावरण बनाउन लागेको समेत बताउनु भएको थियो ।

वि.सं.२०७३ मंसिर ५ आइतवार ०४:२६ मा प्रकाशित

Himalayan Life AD
मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६...

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

काठमाडौँ । नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेविट कार्ड जारी...

१० बैंकले ब्याजदर घटाए, १० ले स्थिर राखे

१० बैंकले ब्याजदर घटाए, १० ले स्थिर राखे

काठमाडौं । मंसिर महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले औसत ब्याजदर...