
५ साउन , काठमाडौं । बुढानिकण्ठ नगरपालिका –४ पासीकोटस्थित नारायणी शाहीको कस्मेटिक पसलमा आगलागि भएको छ ।
शनिबार बेलुका करेन्ट सर्ट भई आगलागी हुँदा पसलमा रहेको सम्पूर्ण कस्मेटिक सामानहरु जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
आगलागी भएको उक्त स्थानमा तत्काल खटिएको प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।