५ साउन, रौतहट । रौतहटको देबाही गौनाही नगरपालिकामा खाल्डोमा डुबेर दुइ बालिकाको मृत्यु भएको छ ।
बाख्रा चराउन गएका ८ बर्षीया निरुता र पिङकी कुमारीको बाँधको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
देबाही गौनाही नगरपालिका टिकुलिया बस्ने साना नानिहरु बाख्रा चराउन गएको बेला गर्मी छल्न पौडि खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ ।
मृतक पिङकी राम नरेशकी छोरी हुन् भने निरुता रामानन्द प्रसादकी छोरी रहेको प्रहरीले बताएको छ ।