५ साउन, काठमाडौं । काठमाडौँ महानगरपालिका २ स्थित टुकुचाबाट प्रहरीलाई आर्थिक प्रभोलनमा पार्न खोज्ने एक जना पक्राउ परेको छ ।
काठमाडौं महानगरपालिका२ टुकुचाबाट प्रहरीलाई नगद ४ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं नयाँबजार बस्ने काभ्रे चौभास नगरपालिका-४ घर भएका ३४ वर्षीय सुनिल तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले बा.७४ प ९१४० नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटर चालक तामाङको साथमा चरेश जस्तो देखिने कालो पदार्थ करिब ४ ग्राम फेला परेको हो उक्त कारबाहीबाट बच्न नगद दिई प्रलोभनमा पार्न खोजे पश्चात् उनलाई स्कुटर सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।