५ साउन, मकवानपुर । मनहरी गाउँपालिका राप्ती खोलाबाट प्रहरीले कटुवा पेस्तोल, गोली तथा लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
मनहरी गाउँपालिका- ९ रजैया राप्ती खोलाबाट राक्सिराङ गाउँपालिका१ का ढुङ्गेन बस्ने कुमार स्याङतानलाई कटुवा पेस्तोल १ नाल, सो पेस्तोलमा लाग्ने गोलीको खोका १ राउण्ड, जंगी गोली ५ राउण्ड र करिब ३५ केजी लागूऔषध गाँजा सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरीलाई गाँजा लैजाँदै गरेको ४र५ जनाको समूहमध्ये स्याङतानले कटुवा पेस्तोलबाट १ राउण्ड फायर गरेकोले प्रहरीले समेत जवाफी फायर गरी स्याङतानलाई पक्राउ गरेको हो ।
अन्य फरार व्यक्तिहरुको तदारुकताकासाथ खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।