back
CTIZAN AD

यदि देश रहेन भने हामी कोही रहँदैनौं-विपी कोइराला

वि.सं.२०७६ साउन ६ सोमवार

2.2K 

shares

नेपालको राष्ट्रिय भविष्यका प्रति आस्थाले नै हामीलाई क्रान्तिको जोश पनि दिएको छ । अहिलेको नेपालको तस्बिर अँध्यारो र उज्यालोले बनेको छ । एकातिर ती सारा अन्धकारका तत्व हाम्रो जीवनमा देखा पर्न थालेका छन्, जसबाट नेपालको राष्ट्रिय अस्तित्वको स्थायीत्वमा नै ठूलो सङ्का हुनथाल्छ । राष्ट्रिय एकताको भावनाको अभाव, विदेशी पक्षीय राजनीतिको सक्रियताm नैतिकताको ह्रास, अन्योल र दिशाभ्रम भएको स्थिति, राष्ट्रिय आर्दशको अभावमा व्यक्तिवादी, र स्वार्थपरताको बोलवाला, यस्तो अन्धकारको पक्ष बढ्दै गयो भने हाम्रो अस्तित्व लोप भएर जान्छ ।

यस्तो तस्बिरको विपरीत उज्यालोको तस्बिर पनि छ । नेपालको बारेमा सोच्ने, जनताको अधिकारका बारेमा सोच्ने राष्ट्रिय आर्दशलाई स्थापना गर्न खोज्ने, विदेशी राजनीतिलाई नअँगाल्ने र आफ्नो राष्ट्रिय र प्रजातान्त्रिक उद्धेश्यका खातिर जस्तोसुकै ठूलो त्याग र तपस्या गर्न तत्पर हुने क्राान्तिकारीहरुको समाज नेपालमा कसको विजय हुने हो–अन्धकार तत्वको, ह्रास र पतनको तत्वको, कि उज्यालो तत्वको उत्थान र प्रगतिको तत्वको । तत्वहरुका बीच दौड छ । समयमा क्रान्ति हुनसक्यो भने नेपाल रह्यो नत्र रहदैन । नेपालको अस्तित्वका उपर जुन आन्तरिक र बाह्रय चोट परिरहेछ, त्यसलाई नेपालले क्रान्तिले प्रदान गर्न राष्ट्रिय शक्तिविना धेरै बेहोरिरहन सक्तैन । क्रान्ति त्यस्तो ऐतिहासिक शक्ति हो जसले विमूढ स्थितिमा जनतालाई अकस्मात् किसिमले व्युझाउँछ र तिनमा अचितन्य स्पूर्ति र प्ररणा दिन्छ । इतिहासले छोडेको समाजले क्रान्ति गर्न सक्तैन । अब हेर्नुछ–क्रान्तिवादीको आस्था इतिहासको प्रेरणा हो वा अव्यवहारिक भावनातत्मक धारणा हो जसका पछाडि कुनै ऐतिहासिक शक्ति छैन ।

नेपालमा यदि राजाका विरुद्ध जनताले आफ्नो अधिकारका लागि क्रान्ति गर्दैन भने के त्यो जनता विदेशी शत्रुका विरुद्ध या कुनै क्षयकारी आन्तरिक शत्रुका विरुद्ध उठ्छ भनेर हामीले सोच्नुहुन्छ ? इतिहासमा धेरै राज्य बने, कोही अडे र कोही त्यसै सिद्धिएर गए । अडेर प्रगति गर्ने राज्यहरुको रहस्य के हो ? रहस्य हो ती राज्यका जनताहरुको क्रान्ति गर्ने र आफ्नो अधिकारका लागि निर्णायक संङ्घर्ष गर्ने कटिबद्धता । इङ्लैण्डको गृहयुद्ध र विभिन्न मञ्जिलमा सम्पादित क्रान्तिहरुलाई अध्ययन बिन्दु नबनाएर के हामी इङ्लैण्डको इतिहासको मर्मलाई बुझ्न सक्छौं, त्यहाँको जनताको शक्तिलाई चिन्न सक्छौं ? त्यस्तै फ्रान्सको राज्य–क्रान्तिविना फ्रान्सको इतिहासको कस्तो दिशा हुने थियो त्यो हामीले सजिलैसँग बुझ्न सक्छौं । त्यो राज्य–क्रान्तिविना फ्रान्सको इतिहासको आत्मा रहने थिएन । अमेरिकाको स्वतन्त्रता लडाईँ र त्यहाँको गृहयुद्ध त्यस देशको जनताको शक्तिका परिचायक हुन् । यी दुई ऐतिहासिक घटनाविना अमेरिकाको वर्तमान ओजस्विताको रहस्य बुझ्न सकिन्न । यसको राज्य क्रान्तिबाट वर्तमान रुसको स्थापना भएको हो– १९०४ को विफल क्रान्तिले पनि त्यस देशका जनताको शक्तिको प्रतिनिधित्व गथ्र्यो । चीनको गृहयुद्ध र क्रान्तिको महत्वका उपर यहाँ लेखिरहनु पर्ने आवस्यकता छैन । साना–ठूला राष्ट्रहरुलाई अगाडि बढ्नु छ–सबैले सङ्घर्ष गरेका छन् । क्रान्तिलाई अङ्गालेका छन् । इतिहासबाट क्रान्तिको उर्जालाई झिकिदिए त्यसमा बाँकी नै के रहन्छ ? नेपालले यदि जीवीत रहनु छ भने क्रान्ति गर्न पछि सर्नुहुँदैन ।

प्रश्न छ–जनताले क्रान्ति गर्छ कि गर्दैन ? गर्छ भने देश रह्यो, हाम्रो राष्ट्र रह्यो, हामी नेपाली इतिहासमा रह्यौं । देश रह्यो भने अहिले तरुणले जुन त्याग र बलिदान गरिरहेका छन् त्यो सार्थक हो भन्नुपर्छ । तरुणहरुको प्रतिवद्धता क्रान्तिका प्रति छ, किनभने उनको प्रतिबद्धता देशप्रति छ । उनको भनाई छ–देश रह्यो हामी सबै रह्यौं । अहिले बलिदान हुने तरुणहरु पनि इतिहासको पानामा जाज्वल्य भएर रहन्छन् । यदि देश रहेन भने हामी कोही रहदैनौं । मरेका त मरेकै भए जीवित नेपाली मरेको सरह हुन्छौं ।

विपी स्मृति दिवसका अवसरमा ‘नेपाली कांग्रेसका चार दशक’ नामक पुस्तकबाट लिइएको

वि.सं.२०७६ साउन ६ सोमवार १३:४९ मा प्रकाशित

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...