back
CTIZAN AD

प्रदेशहरुको खर्च ५६ % मात्रै

वि.सं.२०७६ साउन ७ मंगलवार

930 

shares

७ साउन, काठमाडौँ । प्रदेश सरकाहरुहरुले दुई पटक बजेट ल्याइसके । पहिलो पटक बजेट निर्माण र कार्यान्वयन अभ्यास गरेका उनीहरुले गत वर्ष बजेट खासै खर्चिन सकेनन् । सातै प्रदेशको औसत बजेट खर्च करिब ५४ प्रतिशत मात्रै छ ।
प्रदेश ५ ले सबैभन्दा बढी अर्थात् विनियोजन गरेकोमध्ये ६१ प्रतिशत बजेट खर्च गरेको छ । कर्णाली प्रदेशले सबैभन्दा कम अर्थात् विनियोजित बजेटको करिब ३५ प्रतिशत मात्रै खर्च गरेको छ । खर्च भएमध्ये विकासतर्फको पुँजीगत खर्च झन् कम छ । विनियोजित पुँजीगत खर्च झन् कम छ । विनियोजित पूँजीगत खर्चको करिब ६० प्रतिशत हाराहारीमै खर्च भएको छ । पुँजीगत खर्च सबैभन्दा क गर्नेमा कर्णाली प्रदेश छ ।
कर्णालीले गत वर्ष २१ अर्ब २४ करोड ४३ लाख रुपैयाँ पुँजीगत छुट्याएको थियो । यसको करिब २५ प्रतिशत अर्थात् ५ अर्ब ३० करोड ९७ लाख रुपैयाँ मात्रै खर्च भयो । पूँजीगत खर्च आशा गरेअनुरुप हुन नसकेकै हो,’ कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव दिलीप केसीले भने, खर्च नहुनुको पहिलो करण पुँजीगततर्फ बजेट नै बढी विनियोजन थियो । त्यसपछि जनशक्ति एवं संरचना अभावले विकास योजना कार्यान्वयन हुन सकेनन् । मंगलबार को कान्तिपुर दैनिक बाट ।

वि.सं.२०७६ साउन ७ मंगलवार ०७:४४ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...