back
CTIZAN AD

संस्थानले रोक्दारोक्दै जबर्जस्ती भवन

वि.सं.२०७६ साउन ७ मंगलवार

720 

shares


७ साउन, काठमाडौँ । गुठी संस्थानले पचली भैरव गुठीको नाममा लालपुर्जा भएको जग्गामा भवन नबनाउन पटकपटक पत्राचार गर्दा पनि विद्यालायले जग राखेरै छाड्यो । काठमाडौँ महानगरपालिकाबाट नक्सापाससमेत नगरी भवन बनाउन थालेपछि गुठियार, सम्पदा अभियन्तालगायतको जगैसम्म भत्काइदिए । नवौं शताब्दीबाट पुजिँदै आएको पचली भैरवको पोखरी रहेको ठाउँमा टेकुको महेन्द्र सरस्वती सेवा आधारभूत स्कुलले भवन बनाउन लागेको हो । गुठीको आदेशलाई समेत पटकपटक अवज्ञा गरेर भवन निर्माण जारी राखेको भन्दै गुठियारलगायतको भवन भत्काइदिएका थियो । विद्यालयले भने यो ठाउँमा चउर रहेकाले भनव बनाएको दाबी गर्दै आएको छ । भवन निर्माण रोक्न गत जेठ १९ गते गुठी संस्थान काडमाडौँ शाखा कार्यालयले पत्राचारलाई स्कुलले बेवास्ता ग¥यो । त्यसपछि गुठी संस्थान प्रधान कार्यालयले असार १३ गते पत्राचार ग¥यो । त्यसलाई पनि स्कुलले वास्ता गरेन ।
गुठी संस्थानका प्रशासक नारायण चौधरीले पत्र लेखी पटकपटक पत्राचार गर्दा पनि अटेर गरेको आजकै ‘मितिबाट निर्माण स्थागित राखिदिन’ महानगर वडा कार्यालयलाई पत्राचार गरे । यो पत्रको पनि कुनै सुनुवाइ भएन । चौधरीपछि फेरि उपप्रशासक हरिप्रसाद जोशीले पत्राचार गरे असार १८ गते । मंगलबारको कान्तिपुर दैनिक बाट ।

वि.सं.२०७६ साउन ७ मंगलवार ०८:२६ मा प्रकाशित

देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय...

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न दुई करोड अनुदान

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न दुई करोड अनुदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक...

सांसद तामाङको ’हस्तक्षेप’ विरुद्ध धादिङका १३ वटै पालिका एकजुट, प्रतिकार गर्ने चेतावनी

सांसद तामाङको ’हस्तक्षेप’ विरुद्ध धादिङका १३ वटै पालिका एकजुट, प्रतिकार गर्ने चेतावनी

काठानडौँ । धादिङका स्थानीय तहहरूले संविधानप्रदत्त एकल अधिकारको रक्षाका लागि...

धादिङका १३ स्थानीय सरकारको संयुक्त चेतावनी : संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न आग्रह

धादिङका १३ स्थानीय सरकारको संयुक्त चेतावनी : संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न आग्रह

धादिङ । धादिङ जिल्लाका १३ वटै स्थानीय तहले संयुक्त विज्ञप्ति...

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र...

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको...