back

नयाँ विरोधले दक्षिण कोरियाली राष्ट्रपति पार्क दवावमा

वि.सं.२०७३ मंसिर ५ आइतवार

603 

shares

५ मङ्सिर,सिओल (दक्षिण कोरिया) । दक्षिण कोरियामा यहाँका राष्ट्रपतिविरुद्ध भइरहेका प्रदर्शनले भ्रष्टाचार काण्डका आरोपित पार्क ग्युन हेलाई राजीनामा दिनका लागि थप दबाब परेको छ ।

उनीविरुद्ध साप्ताहिक रुपमा भएका विरोधअन्तर्गत चौथो चरणमा शनिबार भएको प्रदर्शनमा दशौँ हजार प्रदर्शनकारीहरुले सहभागिता जनाए ।

सन् १९८० पछिको प्रजातन्त्र समर्थक प्रदर्शनपछिको हालै भएका ठूला प्रदर्शनहरुले पार्क सरकारलाई कडा चुनौती दिइरहेको देखिएको छ यद्यपि राष्ट्रपतिले भने राजीनामा दिन अस्वीकार गर्दै आउनुभएको छ ।

आयोजकले ‘पार्क गेन हे राजीनामा देउ’ भन्ने नाराका साथ करिब तीन लाखको सङ्ख्यामा दक्षिण कोरियाको राजधानी सोलको मुटुमा मैनबत्ती जुलुसमा सहभागी भएको जनाएका छन् । प्रहरीले भने करिब ७० हजार मानिस प्रदर्शनमा सहभागी रहेको बताएकोे छ ।

‘हामी शान्तिपूर्ण प्रदर्शनद्वारा राष्ट्रपति पार्कलाई सत्ताबाट हट्न दबाब दिन चलिरहेका छौँ, विरोध कार्यक्रम आयोजकमध्येका एक कोरियाली ट्रेड युनियन महासङ्घका प्रवक्ता नाम जेओङ सुले बताउनुभयो ।

अहिलेसम्मका प्रदर्शनहरु शान्तिपूर्ण रहेका र थुप्रै कोरियाली नागरिक आफ्ना अधिकांश परिवार सदस्यको सहभागीमा सडकमा उत्रिएका भए पनि प्रदर्शनमा प्रहरी हस्तक्षेप भने व्यापक रहेको उहाँको भनाई थियो ।

प्रदर्शनमा सहभागीमा उल्लेख्य सङ्ख्यामा मजदुर, विद्यार्थीलगायत सर्वसाधारणको सहभागिता रहेको छ । रासस÷एपी

वि.सं.२०७३ मंसिर ५ आइतवार ०६:०० मा प्रकाशित

Himalayan Life AD
मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...