back
CTIZAN AD

नयाँ विरोधले दक्षिण कोरियाली राष्ट्रपति पार्क दवावमा

वि.सं.२०७३ मंसिर ५ आइतवार

753 

shares

५ मङ्सिर,सिओल (दक्षिण कोरिया) । दक्षिण कोरियामा यहाँका राष्ट्रपतिविरुद्ध भइरहेका प्रदर्शनले भ्रष्टाचार काण्डका आरोपित पार्क ग्युन हेलाई राजीनामा दिनका लागि थप दबाब परेको छ ।

उनीविरुद्ध साप्ताहिक रुपमा भएका विरोधअन्तर्गत चौथो चरणमा शनिबार भएको प्रदर्शनमा दशौँ हजार प्रदर्शनकारीहरुले सहभागिता जनाए ।

सन् १९८० पछिको प्रजातन्त्र समर्थक प्रदर्शनपछिको हालै भएका ठूला प्रदर्शनहरुले पार्क सरकारलाई कडा चुनौती दिइरहेको देखिएको छ यद्यपि राष्ट्रपतिले भने राजीनामा दिन अस्वीकार गर्दै आउनुभएको छ ।

आयोजकले ‘पार्क गेन हे राजीनामा देउ’ भन्ने नाराका साथ करिब तीन लाखको सङ्ख्यामा दक्षिण कोरियाको राजधानी सोलको मुटुमा मैनबत्ती जुलुसमा सहभागी भएको जनाएका छन् । प्रहरीले भने करिब ७० हजार मानिस प्रदर्शनमा सहभागी रहेको बताएकोे छ ।

‘हामी शान्तिपूर्ण प्रदर्शनद्वारा राष्ट्रपति पार्कलाई सत्ताबाट हट्न दबाब दिन चलिरहेका छौँ, विरोध कार्यक्रम आयोजकमध्येका एक कोरियाली ट्रेड युनियन महासङ्घका प्रवक्ता नाम जेओङ सुले बताउनुभयो ।

अहिलेसम्मका प्रदर्शनहरु शान्तिपूर्ण रहेका र थुप्रै कोरियाली नागरिक आफ्ना अधिकांश परिवार सदस्यको सहभागीमा सडकमा उत्रिएका भए पनि प्रदर्शनमा प्रहरी हस्तक्षेप भने व्यापक रहेको उहाँको भनाई थियो ।

प्रदर्शनमा सहभागीमा उल्लेख्य सङ्ख्यामा मजदुर, विद्यार्थीलगायत सर्वसाधारणको सहभागिता रहेको छ । रासस÷एपी

वि.सं.२०७३ मंसिर ५ आइतवार ०६:०० मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...