back
CTIZAN AD

हिथ्रो विमानस्थल जाने सडक अवरुद्ध गर्ने १५ प्रदर्शनकारी पक्राउ

वि.सं.२०७३ मंसिर ५ आइतवार

1.2K 

shares

५ मङ्सिर,लन्डन (बेलायत) । बेलायती प्रहरीले राजधानी लण्डनको हिथ्रो विमानस्थल जाने बाटो अवरुद्ध गर्ने १५ जना प्रदर्शनकारीलाई शनिबार पक्राउ गरिएको छ ।

विमानस्थलमा जाने बाटोमा जलवायु परिवर्तन नियन्त्रणका लागि जुटेका एक समूहले शनिबार सबेरै विमानस्थल जाने सडकमा सुतेर प्रदर्शन गरेपछि केही समय सडक अवरुद्ध बनेको थियो ।

उक्त समूहले हिथ्रो विमानस्थलको विस्तार गर्दा हजारौँ घरलाई क्षति पुग्ने र वातावरणमा समेत असर पर्ने भन्दै ‘पृथ्वीलाई जोगाऊँ, थप धावनमार्ग चाहिँदैन’ भन्ने नारा लेखिएका प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

लन्डन महानगर प्रहरीले विमानस्थल जाने सडकमा प्रदर्शन गरी सडक अवरुद्ध गर्ने १५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

बेलायती सरकारले गत महिना हिथ्रोमा तेस्रो धावनमार्ग निर्माण गर्ने योजनालाई स्वीकृत गरेको थियो । स्थानीयवासी तथा केही वातावरण संरक्षणमा कार्यरत सङ्घसंस्थाले थप विमानस्थल निर्माण गर्दा वायु, आवाज प्रदूषण हुने र हजारौँ घरमा क्षति पुग्ने भन्दै विरोध जनाउँदै आएका छन् । रासस÷एपी

वि.सं.२०७३ मंसिर ५ आइतवार ०५:५९ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...