Logo
१० चैत्र २०७९, शुक्रबार
     Fri Mar 24 2023
E-paper
  English Edition
   Unicode
Logo

आर्दश नेतृत्वको रुपमा पुष्पलाललाई संझिरहने छौं-गुप्त बहादुर हमाल



७ साउन, पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज गुप्त बहादुर हमाल ठकुरीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड पुष्पलालाई एउटा आर्दश नायकका रुपमा स्मरण गरिरहने बताएका छन् ।

पर्वतको सदरमुकाम कुश्मामा आयोजित पुष्पलाल स्मृति दिवश कार्यक्रममा बोल्दै नेता हमालले राणा शासनसँगको लडाइँकै क्रममा नेपाल कम्युनिष्ट पार्टी जन्माएर सर्वहारा वर्गलाई ठूलो योगदान पुर्याएको तथा समाजवादी, साम्यवादी, आर्दश अनुरुप नेकपालाई संगठित रुपमा अघि बढाएकाले नै अहिले मुलुक यो स्थितिमा आइपुगेको बताएका थिए ।

पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष मित्रलाल बसेलको संचालनमा सम्पन्न सो कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष पदम गिरीले पुष्पलालले नेकपा स्थापना गरेपछि पार्टी र आन्दोलनमा पुर्याएको बहुआयामिक योगदान बारे चर्चा गरेका थिए ।


पुष्पलाल स्मृति प्रतिष्ठान पर्वत जिल्ला समिति तथा नेकपा पर्वतको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रममा सुदीप कुँवर, मेघनाथ सुवेदी, राजु पौडेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रमसँगै वृक्षारोपण समेत गरिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मंगलबार एउटा अप्रत्यासित खबरले अमेरिकाका नेपाली स्तब्ध भए । अमेरिकाको नेपाली समाज मात्र नभएर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले