back
CTIZAN AD

नेपालमा पर्यटन लगानी सम्मेलन हु्ँदै

वि.सं.२०७६ साउन ७ मंगलवार

1.1K 

shares

७ साउन, काठमाडौँ । नेपालको पर्यटन क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुनमा पर्यटन लगानी सम्मेलन काठमाडौँमा आयोजना गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर भ्रमण वर्ष सचिवालयले पर्यटन लगानी सम्मेलन गर्ने तयारी गरेको हो । पर्यटनमा लगानीको दुई पक्षीय सम्झौता गर्ने गरी लगानी सम्मेलन आयोजना गर्न लागिएको भ्रमण वर्ष अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले जानकारी दिए ।

एशियाली विकास बैंक, विश्व बैंक र इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आइएफसी)सँगको साझेदारीमा पर्यटन लगानी सम्मेलन गरिनेछ । “यो विगतका लगानी सम्मेलन भन्दा फरक हुन्छ, लगानी अवसर र सम्भावना सुनाउने मात्र हैन लगानी सम्बन्धी सम्झौता र प्रतिबद्धता आउने गरी सम्मेलन गर्ने तयारीमा छौ”, संयोजक वैद्यले भने ।

सम्मेलनमा छिमेकीमुलुक भारत र चीनका अलावा युरोप, मध्यपूर्वी एशियालगायत मुलुकबाट पनि लगानीका लागि व्यवसायी आउने जनाइएको छ । पर्यटनको कुन क्षेत्रमा कस्तो लगानी गर्ने भनेर सातवटै प्रदेशका मुख्यमन्त्री र निजी क्षेत्रसँग छलफल गरिएको छ । संयोजक वैद्यका अनुसार दुई÷तीन चरणको छलफल भइसकेका छ ।

तुलनात्मकरुपमा कम पर्यटक आउने प्रदेश नं २ लाई नेपालको अध्यात्म पर्यटनको गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यसहित प्रवद्र्धनको गतिविधि बढाइनेछ । जनकपुरको जानकी मन्दिरबाहेक अन्य महत्वपूर्ण धार्मिक क्षेत्र छन् । जैन धर्मका २४ वटा भगवानमध्ये एक त्यही जन्मेको पाइएको छ । प्रदेश सरकारलाई मन्दिरका लागि जग्गा माग गरिएको र त्यहाँ ठूलो जैन मन्दिर निर्माण गरिएमा धार्मिक पर्यटन बढ्ने सम्भावना रहेको वैद्यको भनाइ थियो । गुरु नानकको पनि मन्दिर बनाएर पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको छ ।

प्रदेश नं ५ मा पर्यटकीय पूर्वाधार तारे होटल, सपिङ सेन्टर, अध्यात्म केन्द्र आदि सञ्चालन गर्न सरकारसँग ५० वर्षका लागि जग्गा भाडामा दिलाउन माग गरिएको संयोजक वैद्यले जानकारी दिए । उक्त क्षेत्रमा जग्गाको सुनिश्चितता भए पर्यटन लगानी सम्मेलनबाटै लगानी भित्र्याउने योजना बनाइएको छ ।

अहिले मध्यपूर्वी मुलुकका लगानीकर्ताले नेपालको पर्यटन क्षेत्रमा लगानीका लागि चासो देखाएका छन् । पर्यटन लगानी सम्मेलन अघि मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार गरी आतिथ्य सत्कारको नमूना प्रस्तुत गरिने संयोजक वैद्यले बताए ।

वि.सं.२०७६ साउन ७ मंगलवार १३:१३ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि...

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’  हुँदै, ४५ देशका सेफ दमक आउदै

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुँदै, ४५ देशका सेफ दमक आउदै

दमक । नेपाली सेफहरूको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...