back
CTIZAN AD

विस्तृत शान्ति सम्झौताको १० वर्ष, जनताले के पाए उपलब्धि

वि.सं.२०७३ मंसिर ५ आइतवार

1.1K 

shares

sangita

आज २०७३ सालको मंसिर ५ गते । आज भन्दा ठीक १० वर्षअगाडी आजकै दिन तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको थियो । देशमा लोकतान्त्रिक गणतन्त्रका खातिर तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्त्र द्धन्द्ध त सकियो, तर जनताले के पाए १० वर्षमा ? त्यसको समीक्षा हुन जरुरी छ ।
केवल देशमा राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना र नयाँ संविधान पाउन मात्र जनताले माओवादी युद्धलाई सघाएका थिएनन् । देशमा स्थायी शान्ति स्थापना गरी देशलाई दिगो विकासको बाटोमा अगाडी बढाउने उद्देश्यका साथ जनता आन्दोलनमा होमिएका थिए । आफ्नो समयमा दुःख भए पनि भावी सन्ततीले सुख पाउनेछन् भन्ने आशै आशमा हजारौंले बलिदानी गरे, हजारौं बेपत्ता बने, लाखौं घरबारविहीन भए, कति अंगभंग भए । तर अफशोच बदलामा नेपाली जनता आशाले भन्दा निराशाको भारीले थिचिनुप¥यो ।
दलहरुबीचको आपसी टकराव, ६÷६ महिनामा सरकार परिवर्तन लगायतका समस्याले विकासका कामहरु अस्तव्यस्त भएका छन् । बढ्दो बेरोजगारीका कारण युवाहरुको पलायनता डरलाग्दो छ । आर्थिक वृद्धिदर बढ्नुको सट्टा घट्दो छ । के जनताले यही चाहेका थिए त ? पक्कै थिएनन् । दलहरु व्यक्तिगत स्वार्थबाट माथि उठ्न नसक्नुको परिणाम जनताले भोग्दै छन् ।
विस्तृत शान्ति सम्झौताको १० वर्षमा पर्यटन र प्रतिव्यक्ति आयमा केहि सकारात्मक देखिए पनि अन्य पाटोको अवस्था दुःख लाग्दो छ । १० वर्षे सशस्त्र युद्धमा विकासमा कामहरु ठप्पै भए । विस्तृत शान्ति सम्झौताको १० वर्ष बितिसक्दा पनि सम्झौताको अपेक्षा अनुरुप मुलुक अघि बढ्न सकेको छैन । जनयुद्धमा बेपत्ता पारिएका हजारौँ परिवार अझै पनि आफन्तको खोजीमा भौतारिरहनु परेको छ भने अपाङ्गता बनेकाहरु आफ्नो त्यागको अबमुल्यन भएकोमा पछुतो मान्दै गुनासो सुनाइरहेका छन् । सांसदको ९० प्रतिशत संसदबाट पास भएको संविधान कार्यान्वयनमा जान सकेको छैन । शसस्त्र जनयुद्ध त सकियो तर नयाँ नयाँ द्वन्द्वका कारण मुलुक अवरुद्ध बनिरहेको छ ।
अमेरिका, दक्षिण कोरिया, चीन, जापान लगायतको विकासको हिसाब गर्दै हाम्रा दिनहरु बितिरहेका छन् । नेपाललाई स्वीजरल्याण्ड बनाउने कुरा भाषणमै सकिसकेको छ । गौंथलीले चुच्चोमा एक एक चिम्टिी माटो बोकेर आफू बस्ने सुन्दर घर बनाउन एक वर्ष पनि लगाउँदैन । तर, १०÷१० वर्षमा नेपालका राजनीतिक दलले के गरेर बिताए ? गर्न सक्ने काममा पनि किन बाधा, अवरोध र ढिलासुस्तीका काँडेतार बारिए ? यसको उत्तर नेपाली जनताले पाउनै पर्छ ।
कसैलाई राष्ट्रपति, कसैलाई प्रधानमन्त्री, कसैलाई सभामुख र मन्त्रीहरु बनाउन नेपाली जनताले त्याग र बलिदान गरेका होइनन् । देशको दिगो विकास र समृद्ध नेपाल निर्माणको सपना बोकेर आन्दोलनमा लामबद्ध भएका हुन् । यो वा त्यो बहानामा एकले अर्कालाई आरोप प्रत्यारोप गरेर नेताहरु पन्छिन मिल्दैन । के गरेर बित्यो १० वर्ष ? किन हुन सकेन विकास ? त्यसको जवाफ नेपालका राजनीतिक दलले दिनै पर्छ । होइन भने जनताहरु सँधै यसरी नै चुप लाएरै बस्नेवाला छैनन ?

वि.सं.२०७३ मंसिर ५ आइतवार ०८:०७ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

काठमाडौँ । नेपाली राहदानी छपाइको विषयलाई लिएर पछिल्ला दिनमा फ्रान्सेली...

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

वरिष्ठ चलचित्र निर्देशक केपी पाठकले चलचित्र क्षेत्रमा औधी तरक्की भएको...

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सरबाट जोगिन के गर्ने ? हिन्दीमा एउटा भनाइ छ, "जब...