back

रुकुममा मिनीट्रक दुर्घटना,दुईको मृत्यु

वि.सं.२०७३ मंसिर ५ आइतवार

693 

shares
GLOBAL IME AD
NTC AD

५ मङ्सिर,रुकुम । काँक्रीबाट रुकुमकोटतर्फ आउँदै गरेको मिनीट्रक रुकुमकोट– ९ को रातापहर नजिकै आज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बिहान ५ बजे बा १ ख ९६९१ नं को मिनीट्रक दुर्घटना हुँदा मारोवाङ– ३ की अन्दाजी १६ वर्षीया सपना सुनार र गाडी चालक सल्यान शिवरतका लालवीर विकको मृत्यु भएको हो । दुर्घटनामा परी अन्य तीन जना घाइते भएकामा दुई जनाको अवस्था गम्भीर छ ।

घाइतेको स्वास्थ्यचौकी रुकुमकोटमा उपचार भइरहेको स्थानीयवासी मदन शाहले जानकारी दिनुभयो । गाडी सडकबाट एक हजार मि तल रुकुमगाड खोलामा पुगेको थियो । घटना बिहानैको भएकाले जानकारी नहुँदा अबेरसम्म घाइतेको उद्धार हुन नसकेको स्थानीयवासीले बताएका छन् । घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय रुकुमकोटका प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । गाडी दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस

वि.सं.२०७३ मंसिर ५ आइतवार ०८:१५ मा प्रकाशित

तरूण अधिवेशनमा खुकुरी हान्नेविरुद्ध जाहेरी दर्ता

तरूण अधिवेशनमा खुकुरी हान्नेविरुद्ध जाहेरी दर्ता

काठमाडौँ । तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशनमा भएको खुकुरी...

सात पालिकाद्वारा चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

सात पालिकाद्वारा चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

चितवन । चितवनलाई पर्यटकीय राजधानी वनाउन माग गरिएको छ ।...

राजस्व कार्यालयद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन

राजस्व कार्यालयद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आवको नौ...

सुरु भयो यस यामको ‘हनिहन्टिङ’

सुरु भयो यस यामको ‘हनिहन्टिङ’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्वाँतमा रहेका भिरहरुमा महशिकार...

जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन

जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन

बनियानी (झापा) । झापाको हल्दिबारी गाउँपालिकाको वडा नं ५ र...

झेँदी पुल निर्माण सम्पन्न

झेँदी पुल निर्माण सम्पन्न

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँ र ७ को वामी जोड्ने...