back
CTIZAN AD

श्रीमानलाई क्षयरोग र छोरीलाई कुपोषणका कारण सुनितलाई छटपटी

वि.सं.२०७३ मंसिर ५ आइतवार

990 

shares

 ५ मङ्सिर,लिबाङ (रोल्पा) । श्रीमान्लाई क्षयरोग र छोरीलाई कुपोषणले सताएपछि आर्थिक अभावका कारण उपचार गर्न नसक्दा धबाङ २ रोल्पाकी सुनिता सुनार छटपटाई रहनुभएको छ ।

रोल्पा जिल्ला अस्पतालका अनुसार सुनारकी १२ महिनाकी छोरी निर्मला सुनारको तौल साढे चार केजी मात्र छ । उनको तौल दिनप्रतिदिन घट्दै गइरहेको छ । असारमा करिब पाँच केजी भएको उनको तौल घटेर हाल साढे ४ केजीमा झरेको छ । उनी रक्तअल्पत्ता तथा निमोनियाबाट पनि पीडित छिन् भने स्वास्थ्य कार्यालयको अभिलेखअनुसार उनी पटकपटक पखालाबाट पनि उत्तिकै ग्रसित भएको देखिन्छ ।

बच्चाको घाँटीका ग्रन्थी सुनिएका छन् । जसका कारण जिल्ला अस्पताल रेउघामा उनको उपचार असम्भव भएपछि अस्पतालले उनलाई उपचारका लागि अपाङ्ग, असहाय, गरिब तथा ज्येष्ठ नागरिकअन्तर्गत रहेको कोषबाट रु चार हजार बाटो खर्चसहित नेपालगन्जअस्पतालमा सिफारिस गरेको स्वास्थ्यकर्मी कुलबहादुर डाँगी बताउनुुहुन्छ । समयमै उपचार पाए ठीक हुने सम्भावना भए पनि पारिवारिक स्थिति एकदमै कमजोर भएका कारण उपचारका लागि हम्मेहम्मे परिरहेको सुनारले बताउनुभयो ।

स्वास्थ्यकर्मी डाँगीका अनुसार पटकपटक बिरामी भइरहेको बच्चाको अवस्था हाल एकदमै जोखिममा छ। कम उमेरमा बच्चा जन्माउँदा, गर्भावस्थामा जाँच नगर्दा वा आवश्यकताअनुसारका खोप नलिँदा, घरमै सुत्केरी हुँदा तथा बच्चा जन्मिसकेपछि समय समयमा बच्चालाई उचित खोप नदिँदा बालबालिका कुपोषणको सिकार हुनपुग्छन्

सुनारका बच्चालाई छ महिनापछि आमाको दूधबाहेक थप आहार नदिएको पाइएको उहाँ बताउनुहुन्छ । यता सुनारले बच्चाले कुनै प्रकारका खाना नखाने गरेको हुँदा आफ्नो दूध मात्र खुवाउन बाध्य भएको हो भन्दै सुनारले भन्नुभयो, “बच्चाले मन पराउने फलफूल तथा खानेकुरा किन्ने हैसियत छैन आफूले खाने खाना उसले पटक्कै खान मान्दैन ।” श्रीमान् पनि क्षयरोगले ग्रसित हुनुहुन्छ । घरमा कमाउने मान्छे कोही छैन आयस्रोतका बाटाहरु नहुँदा दुईछाक टार्न पनि मुस्किल पर्न थालेको छ श्रीमान् र छोरीलाई कसरी बचाउँ उहाँले दुखेसो पोख्नुभयो ।

यसअघि कुपोषणबाट ग्रसित बेनेका रोल्पाका दुई बालकलाई केही महिनाअघि दाङको पोषणगृहमा पठाइएको थियो ।

वि.सं.२०७३ मंसिर ५ आइतवार ०८:५४ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...