back
CTIZAN AD

छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट करिब १४ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट

वि.सं.२०७६ साउन ७ मंगलवार

906 

shares


७ साउन, काठमाडौं ।सिराहा, नवलपरासी(पश्चिम) र कञ्चनपुरमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब १४ लाख रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सिराहा, भगवानपुर गाउँपालिका१ सुमेरिया बस्ने २२ वर्षीय लालवाबु यादवको घरमा मिटरमा अचानक करेण्ट सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा सोही ठाउँ बस्ने ६० वर्षीया मलारी यादवको घरमा समेत फैलिएर आगलागी हुँदा दुबै जनाको लत्ताकपडा, भाँडावर्तन, अन्नपात र नगद समेत जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

नवलपरासी(पश्चिम), पाल्हिनन्दन गाउँपालिका-२ गोपालपुरस्थित सुरेन्द्र गुप्ताको घरमा करेण्ट सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा करिब २ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
कञ्चनपुर, सुक्लाफाँटा नगरपालिका-६ कचरलस्थित खडक सेतीको घरमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ साउन ७ मंगलवार १४:४८ मा प्रकाशित

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...