back
CTIZAN AD

इलामभन्दा झापामा आठगुणा बढी चिया उत्पादन समाचार

वि.सं.२०७६ साउन ७ मंगलवार

1.1K 

shares

७ साउन, इलाम । चियाका लागि प्रख्यात जिल्ला कुन हो ? उत्तर हुन्छ, इलाम । फेरि प्रश्न आउन सक्छ, नेपालमा सबैभन्दा बढी चिया उत्पादन हुने जिल्ला कुन हो ? धेरैलाई लाग्न सक्छ, इलाम हो ।

पछिल्लो एक तथ्याङ्कअनुसार इलाममा भन्दा झापामा आठ गुणा बढी चिया उत्पादन हुने गरेको छ । इलाममा एक हजार ८८१ हेक्टर क्षेत्रफलमा चिया खेती हुने गरेकोमा झापामा छ हजार ५३४ दशमलव दुई हेक्टरमा चिया खेती हुने गरेको पाइएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले गरेको सर्वेक्षणअनुसार इलाममा एक करोड ५९ लाख ७० हजार ६७२ दशमलव आठ किलोग्राम हरियोपत्ती उत्पादन हुने गरेको र झापामा आठ करोड २५ लाख १७ हजार ४१५ दशमलव छ किलोग्राम हरियो चियापत्ति उत्पादन हुने गरेको छ । केन्द्रीय तथ्याङ्क विभागले ०७४÷०७५ मा गरेको सर्वेक्षणमा चिया खेती गर्ने व्यवासायी भने इलाममा बढी देखिएका छन् । इलाममा पाँच हजार ५९८ चिया खेती गर्ने व्यवसायी भएकोमा झापामा भने एक हजार ६०१ चिया व्यवसायी रहेको देखिएको छ ।

यस्तै, उत्पादन दिने चियाको विरुवाको पनि झापामै बढी भएको तथ्याङ्कले देखाएको छ । झापामा छ करोड ३५ लाख ४८ हजार ५७४ उत्पादन दिने चियाको विरुवा भएकोमा इलाममा चार करोड पाँच लाख ८१ हजार ३१८ उत्पादन दिने विरुवा रहेको पाइएको छ ।

सरकारले पूर्वका पाँच जिल्लालाई चिया क्षेत्र घोषणा गरेको भएपनि अन्य जिल्लामा भने चिया उत्पादन कम मात्र हुने गरेको देखिएको छ । सरकारले घोषणा गरेका जिल्लामध्ये धनकुटामा तीन लाख आठ हजार ९२६ दशमलव पाँच किलोग्राम, तेह्रथमुमा एक लाख ५० हजार ७४२ दशमलव छ किलोग्राम, पाँचथरमा सात लाख ६४ हजार ५५५ दशमलव आठ किलोग्राम हरियो चियापत्ति उत्पादन हुने गरेको तथ्याङ्कले देखाएको छ ।

देशका १४ जिल्लामा अहिले चिया खेती हुने गरेको छ । कुनैबेला सीमित र कम जिल्लामा मात्र चिया खेती हुने गरेको भएपनि विस्तारै अन्य क्षेत्रमा खेती गर्ने क्रम बढेको देखिएको छ । चिया खेती सुरु भएको डेढ सय वर्षभन्दा बढी भएपनि यसले व्यवासायिक रूप लिएको भने खासै बढी समय नभएको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कका अनुसार २०४० सालभन्दा अघि नेपालमा दुई दशमलव दुई व्यवसायीले मात्र चिया खेती शुरु गरेको पाइएको छ । यसभन्दा पछि २०४०–२०५० को अवधिमा १४ दशमलव चार प्रतिशतले खेती शुरु गरेको, २०५०–०६० को दशकमा ५४ दशमलव छ प्रतिशत व्यवसायीले खेती शुरु गरेको र २०६०–०७० को दशकमा २७ प्रतिशतले चिया खेती व्यावसायिकरूपमा खेती गरेको पाइएको छ । यस्तै २०७० साल पछि पनि हाल (सर्वेक्षण समय) सम्म एक दशमलव नौ प्रतिशतले चियाको व्यवसायिक खेती शुरु गरेको पाइएको छ । सरकारले चिया घोषित गरेको पाँच जिल्ला बाहेकमा भने २०५० सालभन्दा पछि मात्र अधिकांशरूपमा चिया खेती शुरु भएको पाइएको छ ।

सरकारले २०३९ सालमा पूर्वका पाँच जिल्लालाई चिया क्षेत्र घोषणा गरेको हो । सर्बेक्षण तथ्याङ्क अनुसार नेपालमा नौ हजार दुई सय ३६ व्यवसायिक चिया खेती हुने बगान रहेकामा २९ दशमलब नौ प्रतिशत मात्र प्राङ्गरिक चिया खेती हुने बगान रहेको पाइएको छ ।

चियाखेतीमा अधिकांश पुरुष

नेपालमा हालसम्मको तथ्याङ्क हेर्दा चियाका व्यवसायीमध्ये ८५ प्रतिशत पुरुष व्यवसायी र १५ प्रतिशत मात्र महिला व्यवसायी रहेको देखिएको छ । सर्वेक्षणका अनुसार नेपालमा सबैभन्दा बढी सिटिसी चिया उद्योगबाट उत्पादित हुने गरेको पाइएको छ ।

नेपालमा १६ हजार ३६ मेट्रिक टन चिया सिटिसी उत्पादन हुने गरेको छ भने अर्थोडक्स दुई हजार छ सय ७० मेट्रिक टन, दुई सय २० मेट्रिक टन ग्रीन टी र स्पेसियाल टी ३२ मेट्रिक टन तयारी चिया उत्पादन हुने पाइएको छ ।

वि.सं.२०७६ साउन ७ मंगलवार १४:५० मा प्रकाशित

यस्तो छ आजको बजारमा कृषि उपजको भाउ

यस्तो छ आजको बजारमा कृषि उपजको भाउ

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...