८ साउन, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला प्रमुख विभागको नेतृत्वमा विवाद उत्पन्न भएको छ ।
एक साताअघि नै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालय सदस्यलाई विभागीय प्रमुख टुंग्याउने क्रममा स्कुल विभाग विभाग विवादमा परेको हो ।
तत्कालीन एमाले र तत्कालीन माओवादीले विभाग बाँडफाँट गर्ने क्रममा विदेश विभागमा वरिष्ठ नेता माधबकुमार नेपाल, नीति अध्ययन विभागमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, संगठन विभागमा वामदेव गौतमलाई दिने सहमति गरेका थिए ।
स्कुल विभागमा पार्टी अध्यक्ष ओलीले ईश्वर पोखरेलको नाम प्रस्ताव गरेपछि अर्का अध्यक्ष दाहालले अस्वीकार गरेका थिए । दाहालको अस्वीकारकै बीचमा गत आइतबार बसेको सचिवालय बैठकमा ओलीले स्कुल विभागको प्रमुखमा पोखरेललाई प्रस्ताव गरे ।सोही बैठकमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले सो विभाग आफूले पाउनुपर्ने दाबी गरे । बुधबारको नागरिक दनिकबाट