back
CTIZAN AD

चियाखेतीलाई विकल्पका रुपमा लिए सिन्धुपाल्चोकका किसानले

वि.सं.२०७६ साउन ८ बुधवार

855 

shares

८साउन, चौतारा । आफूले दुःख गरेर लगाएको अन्न बालीलाई बाँदर, दुम्सी र बँदेल लगायतका जङ्गली जनावरले हरेक वर्ष नोक्सान गर्न थालेपछि सिन्धुपाल्चोक लेकाली भेगका किसानले विकल्पका रुपमा चिया खेती गर्न थालेका छन् ।

समुद्री सतहबाट करीब दुई हजार ५०० मिटरको उचाइमा पर्ने चौतारा सागाचोकगढी नगरपालिका–१ स्याउलेअन्तर्गतका सानो ओख्रेनीमा यस वर्ष छ हजार ६०० चियाका बिरुवा लगाउने कार्यक्रमअन्तर्गत चार हजार २०० बिरुवा रोपिएको वडाध्यक्ष सानुकान्छा श्रेष्ठले बताए ।

लेकाली भेग भएकाले वर्षको एक बाली जौ, करु र आलु मात्र हुने सो गाउँमा किसानले वर्षदिन खाने खाद्यान्नका लागि अन्य पेशा अपनाउँदै आएका छन् । दुःख गरेर लगाएको त्यही बाली पनि प्रत्येक वर्ष बाँदर, दुम्सी र बँदेलले नोक्सान गर्न थालेपछि विकल्पका रुपमा चिया खेती शुरु गरिएको छ । चिया लगाउँदा जनावरबाट जोगिनाका साथै अन्तर्राष्ट्रिय बजारमा समेत पुग्ने हुँदा आयस्रोत पनि राम्रो हुने भएकाले त्यसतर्फ आकर्षित भएको वडा सदस्य रवीन्द्र शर्माले थपे । हाल आठ रोपनी क्षेत्रमा व्यावसायिक रुपमा खेती शुरु गरिएको छ ।

राष्ट्रिय चिया विकास बोर्डले सम्भाव्यता अध्ययन गरी उपयुक्त देखेपछि जिल्लाकै भोटेचौरस्थित नर्सरीबाट बिरुवा झिकाएर रोप्न शुरु गरिएको हो । त्यसका लागि पहिलो चरणमा २५ सदस्यीय कृषक समूह गठन गरिएको छ । किसानले चियासम्बन्धी अल्पकालीन तालीमसमेत लिएका छन् ।

त्यसैगरी गत वर्ष हेलम्बु गाउँपालिका–१, २, ४, ६, ७ सहित ५ वडामा ३१ हजार अर्थोडक्स चिया खेती शुरु भएको थियो र त्यसको नतिजा राम्रै निस्केको छ । भोटेकोशी गाउँपालिका, पाचँपोखरी थाङपाल गाउँपालिकालगायत हिमाली भेकका किसान पनि परम्परागत अन्नबालीको विकल्पमा किवी, स्याउ, चिया, कफी तथा अलैँची जस्ता नगदेबालीतर्फ आकर्षित भएको पाइएको छ । जिल्लाका प्रायः सबै ठाउँमा बाँदरको बिगबिगी बढ्न थालेपछि खेतको धान भित्र्याएपछि हिउँदे बालीका रुपमा लगाइने गहँु तथा मकै बाली प्रायःजसोले लगाउनै छाडिसकेका छन् ।

वि.सं.२०७६ साउन ८ बुधवार ०८:५९ मा प्रकाशित

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

म्याग्दी (बेनी) । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले...